पार्टी भित्र एक्लिदै देउवा
यज्ञप्रसाद भट्टराई
भदौ १०, २०७९ शुक्रबार २३:११:१२
नेपाली लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेर देशमा राणा शासन, पञ्चायत र प्रत्यक्ष राजतन्त्रको अन्त्य गर्ने कार्यमा अग्रस्थानमा बसेर अगुवाई र नेतृत्व गरेको नेपाली कांग्रेस बर्तमान अवस्थामा शेरबहादुर देउवाको नेतृत्वमा आइपुग्दा लगभग लगभग प्यारालाइसीस भएको अवस्थामा पुगेको छ । नेपाली जनताले अत्यन्तै धेरै भरोषा र विश्वास गरिरहँदा पनि स्वयं नेपाली कांग्रेसको वर्तमान नेतृत्व कम्युनिष्टहरुको लाचार दाश बनिदिँदा अब नेपाली कांग्रेसको सग्लो अस्तित्व भेट्टाउन समेत मुस्किल हुन थालेको आभास हुन थालेको देखिन्छ ।
बिगतको नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका र अभिभावकीय नेतृत्वको परिकल्पना गर्दा लाग्छ अहिले आएर कांग्रेस किन अर्काको बैशाखी नटेकी हिडन त के उभिन समेत नसक्ने अवस्थामा आइपुग्यो ? भनेर । यस्ता गहन बिषयमा पार्टी नेतृत्वले किन गहन छलफल र बहश चलाउदैन ? भनेर । अनि आफ्नो कालजयी बिगत फर्काउने बिषयामा किन जिम्मेबार भएर लाग्दैनन ? भनेर ।
पार्टी जिवन्त राख्न निरन्तरको छलफल, अन्तरक्रिया र बैठकहरु आवश्यक हुन्छ । पार्टीले लिएका नीति तथा कार्यक्रमहरु सरकारमा रहदा के कति पुरा भए ? कति पुरा हुने क्रममा छन् ? कति चाहेर पनि पुरा गराउन सकिएन ? भनेर छलफल तथा अन्तरक्रिया हुन सकेको भए पार्टी प्रति जनताको भरोषामा यसरी निरन्तर क्षयीकरण हुने थिएन कि ? भनेर कांग्रेसका नेता तथा कार्यकर्ता मात्र हैन कांग्रेसका शुभचिन्तकहरु पनि चिन्ता र गुनासो ब्यक्त गर्दछन् । यसलाई नेपाली कांग्रेसप्रतिको नेपाली जनताको बिश्वास र अझै पनि भरोषा बाँकी नै रहेछ भनेर बुभ्mन सक्नु नै कांग्रेस नेतृत्वका लागि आगामी दिनमा सहि मार्गमा हिडन बन्ने सहज बाटोको रुपमा लिन सकिन्छ ।
पार्टीलाई जिवन्त राख्न नेता तथा कार्यकर्ताहरुको भूमिका स्पष्ट हुनुपर्छ । ति भूमिका पुरा गराउन नेतृत्वले निरन्तरको पहलकदमी गरिरहनु पर्छ । नेताले फोश्रा भाषण मात्रै गरेर जग हसाँउने काम गर्नुभन्दा कार्यकर्ता तहमा संगठन बिस्तारका गतिबिधिहरु सञ्चालनमा ध्यान दिन सक्नु पर्दछ । सरकार र पार्टी संगठनलाई कसरी समन्वयात्मक ढंगले अगाडी बढाएर लैजाने ? अवसरहरुको बाँडफाँड र जिम्मेबारी हस्तान्तरणका यावत बिषयहरुमा अहिले न त कांग्रेस पार्टीको केन्द्रीय तहमा बहस र छलफल नै हुन्छन् न त कार्यकर्ता बिचमा देखिएका बेमेल र असमझदारी चिर्ने कुनै गतिबिधि नै हुन्छन् । यि सबै कुराको बिश्लेषण गर्दा लाग्छ देशमा नेपाली कांग्रेस सरकारमा पनि छ र ? भन्ने शंका लाग्न थालेको छ । आम कार्यकर्ताहरुमा देखिएको चरम निराशा हेर्दा लाग्छ नेपाली कांग्रेस के मृत अवस्थामा नै पुगेको हो त ? या कुम्भकर्ण झै लामो निन्द्रामा परेको हो भनेर ।
पार्टीको १४ औँ महाधिबेशनमा अधिकांश नेता तथा कार्यकर्ताहरु नेतृत्व परिवर्तन गर्न चाहान्थे । एउटै ब्यक्तिको पट्यारलाग्दो नेतृत्वबाट अवाक भएका कार्यकर्ताहरुको नेतृत्व परिवर्तनको चाहना १४ औँ महाधिवेशनमा पनि पुरा हुन सकेन । यसले नेपाली कांग्रेसलाई परिवर्तित र परिस्कृत गरेर सशक्त र जुझारु कांग्रेस बनाउने युवापुस्ताको भावनामा ठेस लाग्यो । यसैको परिणाम हो काठमाडांै जस्तो देशको राजधानी समेत रहेको ठाउँमा मेयरमा सृजना सिंहको लज्जाजनक पराजय । सरकार सञ्चालनमा रहेका ५÷७ वटा ठूला दलहरुको गँठजोडलाई समेत काठमाडांैबासीले तिरस्कार गरिदिएको यो भन्दा गतिलो अर्को कुन उदाहरण खोजिगर्नु पर्ला र ?।
काठमाडांैमा सृजना सिंहको पराजयको कांग्रेस पार्टी भित्र ब्यापक अनुसन्धान हुनु पथ्र्यौ । के कांग्रेस राजधानीबाटै बढारिएको त हैन ? भनेर उपत्यकाका पार्टी संगठनका उपल्लो तहका नेतृत्वको मात्रै हैन सिंगो केन्द्रीय समितिमा यस बिषयमा ब्यापक बहस र छलफल गरी आगामी प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसको खस्किएको शाख कसरी फर्काउने ? भनेर केन्द्रीय नेतृत्व लाग्नुपथ्र्यौ तर नेपाली कांग्रेसको बर्तमान नेतृत्वलाई पार्टी हार्नु, संगठन बिग्रनु, कार्यकर्ताले निरन्तर पार्टी छोडदै जानस, बिपक्षीको चंगुलमा पार्टी र पार्टीको नीति, बिचार र शिद्धान्त पर्दै जानुमा कुनै चिन्ता लागेको जस्तो देखिदैन । बरु गठबन्धन टुट्यो भने हाम्रो हबिगत के होला ? कसरी जनताका सामु मुख देखाउने होला ? भन्ने चिन्ताले मात्रै सताएको देखिन्छ ।
बर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका भातृ संगठनहरुलाई पूर्णता दिन समेत सकेका छैनन् भने आफ्नो गुटभन्दा बाहिर निस्किएर आम नेपाली कांग्रेस र तिनका भातृसंगठनहरुका गतिबिधिहरु के कसरी अगाडि बढिरहेका छन् ? भनेर हेर्न समेत भ्याएका छैनन् । केबल आफ्नो शेष पछि आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने चिन्ताले सताएका देउवा बिमलेन्द्र निधीलाई उपयोग गरेर देउवा परिवारको सफल अवतरण गराउने अभियानमा लागेको हल्लाले बिगतमा देउवालाई ज्यान फालेर सहयोग गरेका नेताहरु नै अहिले आएर शशंकित हुन थालेका छन् । त्यतिमात्रै हैन हिजो ब्यक्तिगत स्वार्थ पुरा गराउन १४ औँं महाधिबेशनमा देउवालाई सभापति बनाउन ज्यान फालेर लागेका र गुप्तबासमा बसेर अध्यारो खोपीबाट सहयोग पुर्याएका राजनेताहरुको समेत राजनैतिक भविष्य अन्यौलमा पर्ने देखिन्छ ।
यदि देउवाले निधिलाई काखी च्यापेर अन्य सहयोगी नेताहरुलाई पाखा लगाउन खोजे देउवाका सहयोगी केन्द्रीय नेतृत्वहरु देउवा ईतरपक्षमा अथवा डा. शेखर कोईराला क्याम्पमा जाने देखिन्छ । यसले बिस्तारै पार्टी भित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एक्लिदै जाने अवस्था सृजना हुने निश्चित छ । आफ्नो स्वार्थ पुरा गराउन र मधेशमा आफ्नो उपस्थिति जनाउन बिमलेन्द्र निधिलाई कांग्रेकसको नेतृत्वमा स्थापित गराउन ज्यान फालेर लागेको भारतको यो अभियानले सार्थकता पाउने हो भने सिंगो नेपाली कांग्रेस भित्रको ध्रुबिकरण अझै बढेर जाने र यसले भविष्यमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार