अधिश र आलिया द कलेज एम्बेसडर २०२२
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १३:३०:१८
१९ भदौ, काठमाडौं । ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् ।
रसियन कल्चर सेन्टर कमलपोखरीमा सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन ‘किस्ट कलेज’ र नरेश सुनाम ‘काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट’ चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान ‘गोल्डेन गेट’ र निरञ्जन पोखरेल ‘किस्ट कलेज’ घोषित भए । विजेता उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरे ।
कार्यक्रम व्यवस्थापन, चलचित्र निर्माण लगायत कार्यमा एकदशक बढी समयदेखि क्रियासिल ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो ।
बिभिन्न क्षेत्रका प्रतिस्थित ब्यक्तिहरु महेन्द्र प्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगीताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए ।
कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हुँदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
प्रतियोगितामा मष्टफोटोजेनिक सदिच्छा ताम्राकार ‘कुसोम’, मष्टट्यालेन्ट आलिया खान ‘द टाइम्स इन्टरनेशनल कलेज’ मष्टपपुलर सुवे महर्जन ‘नाइटिंगेल इन्टरनेशनल कलेज’, मष्टडिसिप्लेन सतजलबाबु सापकोटा ‘गोल्डेन गेट इन्टरनेशनल कलेज’, बेष्टड्रेस अञ्जना धमला ‘ह्वाइटफिल्ड इन्टरनेशनल कलेज’ मष्टफ्रेण्डी शिखिन तुलाधर ‘सेन्टपल स्कूल’, वेष्टपफमेन्स सिजल महर्जन ‘साउथ वेस्टर्न कलेज’, बेष्टस्माइल बिनिशा प्रधान ‘गोल्डेन गेट इन्टरनेशनल कलेज’, चार्मिङ पर्सनालिटी सलिना महर्जन ‘किस्ट कलेज’, मष्ट इन्टिलेक्च्युअल नरेश सुनाम ‘काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट’, बेष्टस्पिकर निराजन पोखरेल ‘किस्ट कलेज’ ले हासिल प्राप्त गरे ।
समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको कोरियोग्राफी मिसेन युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार