आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १७:२४:३०
१९ भदौ, काठमाडौं । नेपालमै अन्तराष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् ।
ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सबमा बिहिबार प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।
‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिए । बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ ।’
अभिनेत्री करिश्माले सातौं वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्राविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफुहरुले अझ सजिलो भएको पनि उनले बताईन् ।
बिगत सात वर्षदेखि आँखा सम्बन्धि सबै समस्या र आँखा सहित अन्तराष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफुहरुले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताईन् । आफुहरुले प्रदान गर्ने सेवा बारे उनले भनिन्,‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं ।
यस्तै आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं ।’
सो क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धि सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरु बिदेश जाने क्रम निकै कम भएको बताए,‘बैंकक पुगेर यही सेवाको लागि जती खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौं । रमाईलो कुरा के भने, हाम्रै डक्टरहरुले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यही गर्न पार्ईएको छ ।’
कस्मेटिक सर्जरीसँगै आँखा सम्बन्धि सबै प्रकारको समस्याको उपचार गर्ने भएकाले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर प्रति आँखाका यस्ता समस्या भएकाहरुको उपस्थिति राम्रो हुँदै आएको पनि कक्षपतिले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार