लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री केसी
नेपालबहस संवाददाता
भदौ १९, २०७९ सोमबार ४:२:३३
१९ भदौ, राँझा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
नेपालगञ्जमा आज लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताए । “खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुप-यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउनेछ ।”
खजुरामा जनक शिक्षा सामग्री केन्द्रले छापाखाना सञ्चालनका लागि बनाएको भवनलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको भए पनि उक्त भवन मर्मत गर्न समय लाग्ने भएपछि नेपालगञ्जस्थित डिभिजन वन कार्यालय परिसरमा नवनिर्मित भवनमा विश्वविद्यालय उद्घाटन गरिएको छ ।
मुख्यमन्त्री केसीले बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकनसमेत गरेका छन् । खजुरा गाउँपालिकाबाट विश्वविद्यालयका लागि प्रस्ताव भएको ११० बिघा जग्गाको अवलोकन गर्दै विशेष अनुदानको रकमबाट भए पनि भवन मर्मत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् ।
विश्वविद्यालय उद्घाटन समारोहमा प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री तिलकराम शर्मा, शिक्षा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँ, संविधानसभाका पूर्वउपाध्यक्ष पूर्णा सुवेदी, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा विनोदप्रसाद ढकाल, शिक्षा मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थलगायतले प्रदेश प्राविधिक विश्वविद्यालयका बारेमा धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार