राष्ट्रपतिले बोलाइन पूर्वसुरक्षा अधिकारीहरुलाई शीतलनिवास, राजीनामा र नागरिकताबारे छलफल हुने
केदार भट्टराई (काका)
भदौ २३, २०७९ बिहिबार १७:४९:२३
२३ भदौ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले अत्यावश्यक परामर्शका लागि भन्दै पूर्वसुरक्षा उच्च अधिकारीहरुलाई शीतलनिवास बोलाएकी छन् । उनले आज (बिहीबार) दिउँसो साँढे ३ बजे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीहरुलाई शीतलनिवास बोलाएको राष्ट्रपति कार्यलय निकट उच्च स्रोतले नेपालबहसलाई जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले छलफलको विषय नखुलाएपनि नागरिकता विधेयकमा रहेको वैवाहिक अंगिकृत नागरिकता वितरणपछि नेपाली भूमिमा आतंवादले प्रश्रय पाउने सम्भावना देखिएको र सुरक्षाका दृष्टिले यो विषय कति संवेदनशील हुन्छ भन्ने विषयमा उनले पूर्वसुरक्षा अधिकारीहरुको राय लिने अनुमान निम्तो पाएकाहरुले गरेका छन् ।
शीतलनिवासबाट छलफलका लागि निम्तो पाएका एक पूर्वसुरक्षा अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले कार्यकालभन्दा अगाडि नै पदबाट राजीनामा दिने बजार हल्ला र राजनीतिक तहमै पनि चर्चा चलिरहेकाले दोस्रो छलफलको विषय उनको राजीनामा आउने हुनसक्ने अनुमान गरिएको छ । भण्डारीले भदौ २० गते नै आजका लागि चारै निकायका पूर्वसुरक्षा अधिकारीहरुलाई अत्यावश्यक विषयमा छलफल गर्नुछ भन्दै बोलाएको उच्च स्रोतको भनाई छ ।
भण्डारीले यसअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजीनामा दिएर पुनः राजनीतिमा सक्रिय हुने मनसाय राखेको चर्चा बाहिर आएको थियो । उनी राष्ट्रपति पदबाट राजीनामा दिएर एमालेकै राजनीतिमा फर्कदा सत्ता गठबन्धनका कारण समस्यामा रहेको एमालेलाई सहज हुने अनुमान पनि राजनीतिक बृतमा हुँदै आएको छ ।
नागरिकताको विषयलाई अगाडि सोरर भण्डारीले राजनीतिमा होमिने तयारी गरेको विषय पनि अहिले चर्चामा छ । प्रतिनिधिसभाले प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपति समक्ष पठाएकोमा उनले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएकी थिइन् । उक्त समयमा पनि राष्ट्रपति भण्डारीले पूर्वसुरक्षा अधिकारीहरुसँग परामर्श गरेकी थिइन् । लगत्तै राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिने प्रसंगसमेत चर्चामा आएको थियो ।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाले पुनः हुबहु पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको छ । दोस्रो पटक प्रमाणी करणका लागि आएको विधेयकलाई उनले विगत चार दिनदेखि अल्झाएर राखेकी छन् । समय गुजारेर विधेयकलाई निष्क्रिय बनाउने उनको मनसाय रहेको बताइन्छ ।
आगामी असोज १ गतेबाट प्रतिनिधिसभा नरहने र प्रतिनिधिसभाको समय सकिएपछि प्रमाणीकरण नभएका विधेयकहरु स्वतः निष्क्रिय हुने भएकाले भण्डारीले आलटाल गरिहेको सत्ता गठबन्धनका नेताहरु बताउँछन् । कानूनबिदहरुले पन संविधानमा विधेयक प्रमाणीकरणबारे उल्लेख नभएकाले प्रतिनिधिसभा सकिएपछि ती विधेयक पनि निष्क्रिय हुने औल्याएका छन् ।
राष्ट्रपति भण्डारीले पूर्वसुरक्षा अधिकारीहरुलाई दिएको निम्तोबारे राष्ट्रपति कार्यलयसमेत अनविज्ञ रहेको बताइएको छ । राष्ट्रपति कार्यलयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रिपति भण्डारीले पूर्वसुरक्षा अधिकारीहरुलाई परामर्शका लागि बोलाएको कुरा अफिसियल कार्यक्रममा नोटिस नभएको नेपालबहसलाई जानकारी दिएका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक रुपमै असन्तुष्टि जनाउँदै आएकी थिइन् । विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटमा पनि विधेयकमा समेटिएका केही बुँदाहरुमा राष्ट्रपतिले गम्भीर चासो र चिन्ता व्यक्त गरेकी थिइन् । अहिले पनि राष्ट्रपति भण्डारीले पूर्व र आफ्ना सुरक्षा अधिकारीहरुसँग गर्न चाहेको परामर्शलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई दिन यता बजारमा आएका हल्लाअनुसार पनि राष्ट्रपति भण्डारी दशै अगाडीनै राजीनामा दिएर राजनीतिमा आउने सोचमा छन् । उनले राजीनामा दिएमा उपराष्ट्रपति नन्दबहादुर पन कार्यवहक राष्ट्रपतिका आउने छन् । कानूनविद्हरुका अनुसार पुनले कार्यवाहक राष्ट्रपति पाएको खण्डमा पनि यस्ता विधेयकहरु प्रमाणीकरण गर्न भने पाउने छैनन् । राष्ट्रपतिले आज गर्ने छलफलले देशको राजनीतिलाई थप सकस बनाउने देखिएको छ ।
र याे पनि….
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार