लोगो अनधिकृत रुपमा प्रयोग भएको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन प्रतिलिपि अधिकारको कार्यालय पुग्यो
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २३:२५:२६
२३ भदौ, काठमाडौं । गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो लोगो अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फोनिया अमेरिकाले नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई कारबाही गर्न माग गरेको छ ।
बिहिबार एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फोनिया अमेरिका अध्यक्ष माधव मरासिनीले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो संस्थाको लोगो अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय नारायणीहिटी,काठमाडौंलाई प्रतिलिपि अधिकार हनन सम्बन्धमा आवस्यक कारबाही गरिदिन माग गरेका छन् ।
अध्यक्ष मरासिनीले अमेरिकी सरकारको सम्बन्धित निकायमा आफ्नो नाममा ट्रेडमार्क दर्ता ९ म्भअ। २४, २०२१ ०भई आफु अध्यक्ष रहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले प्रयोग गरिरहेको लोगो नेपाल स्थित पररास्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील गैर आवासीय नेपाली संघ नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएको र पटक पटक पत्राचार गर्दा पनि यो क्रियाकलाप नरोकिएकोले आफुहरुको प्रतिलिपि अधिकारको गम्भीर हनन भएको दाबी गरेका छन् ।
नेपालको संबिधान अनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धि कानुन बिपरित कार्य रहेको भन्दै उनले यसबारेमा सत्य तथ्य छानबिन गरि अब उपरान्त लोगो प्रयोग नगर्नु भनि पत्राचार गरिदिन नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई आग्रह गरेका हुन् ।
बिज्ञप्तिमा यस विषयमा नेपालस्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय बाट कुनै कारबाही अगाडी नबढेको खण्डमा आफुहरु अमेरिकी सरकारको ट्रेडमार्क सम्बन्धि न्यायिक निकायमा उजुरी दिन बाध्य हुने कुरा जानकारी गराइएको छ ।
यस्तो छ अध्यक्ष मरासिनीद्धारा जारी गरिएको विज्ञप्ति :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार