आईजीपी मुलुकबाहिर भएका बेला २ सय ४० गाडी किन्न टेण्डर आह्वान
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार १५:१३:५९
२४ भदौ, काठमाडौं । हतियार खरिदमा विवादित बनेको नेपाल प्रहरी निर्वाचन सुरक्षा प्रयोजनका गाडी खरिद गर्ने क्रममा थप विवादित बन्ने देखिएको छ । सरकार–सरकार ‘जीटुजी’ मार्फत खरिद गर्न लागिएको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले टेण्डर निकालेर खरिद प्रकृया अघि बढाएका छन् ।
चार दिन अघि नै टेण्डर आह्वान गरेर २ सय ४० गाडी टेण्डरमार्फत खरिद गर्न लागिएकाे हाे । गृह मन्त्रालयले जिटुजीको प्रकृया पूरा गर्न समय लाग्ने भएकाले टेण्डरमार्फत खरिद गर्न निर्देशन दिएपछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र राजु अर्याल नेपाल बाहिर रहेका बेला व्यापारिक फर्ममार्फत नै खरिद प्रकृया शुरु गरेको छ ।
दुवै आईजीपी अहिले अमेरिका भ्रमणमा रहेका छन् । यही बेला टेण्डर प्रकृयामार्फत नेपाल प्रहरीले १८० र सशस्त्र प्रहरीले ६० वटा गाडी किन्ने भएका छन् । ‘अहिलेलाई व्यापारिक फर्ममार्फत खरिद गर्न निर्देशन आयो, त्यही अनुसार सूचना प्रकाशन भैसकेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने । उनका अनुसार जिटुजीमार्फत ल्याउदा कम लागत पर्ने भएपनि मन्त्रालयले यो प्रकृयामा रुची देखाएन । अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई गाडी खरिदका लागि ७५ करोड रकम छुट्याएको छ ।
अर्थले नै प्रतिगोटा ५० लाखमा नबढ्ने गरी खरिद गर्न अनुमति दिएपछि प्रहरीले सोही अनुसार टेन्डर आह्वान गरेको छ । प्रहरीले १५ दिने सूचना जारी गर्दै खरिद प्रक्रियाका लागि आवेदन माग गरेको हो । नेपाल प्रहरीले दुई प्रकारका गाडी खरिद गर्ने भएको छ । प्रहरीले ५० लाख रुपैयाँ गोटाका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागि सूचना जारी गरेको छ । ‘गाडी खरिद प्रकृया अघि बढेको छ’, प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राइले भने । खरिद प्रकृया दुवै प्रहरीको प्रबन्ध शाखाले गर्नेछन् । नेपाल प्रहरीको प्रबन्ध शाखामा डीआईजी दीपक थापा छन् भने सशस्त्र प्रहरीमा प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई दीपेन्द्र कुँवर रहेका छन् ।
सशस्त्र प्रहरीले पनि ६० वटा गाडी निर्वाचनअघि नै खरिद गरिसक्ने भएको छ । सरकारले सशस्त्र प्रहरीलाई गाडी किन्न २५ करोड रुपैयाँ दिएको छ । नेपाल प्रहरीकै मापदण्डका गाडी किन्न सशस्त्रलाई पनि भनिएको छ । सोही अनुसारको खरिद प्रकृया अघि बढेको हो ।
सशस्त्र प्रहरीले ५० लाखका दरले २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्ने भएको छ । यसका लागि सशस्त्रले पनि सूचना निकालिसकेको छ । खरिद गर्ने कम्पनीले नै गाडीमा प्रहरीका लागि आवश्यक रंगरोगन र अन्य सबै सामान जडान गर्नु पर्ने सो सूचनामा उल्लेख छ । त्यसैगरी गृह मन्त्रालयले २५ वटा गाडी किन्ने भएको छ । गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका गाडी किन्न लागेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार