गठबन्धनमा जसपाको अवरोधपछि एमालेसँग सहकार्य गर्दै लोसपा !
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार १८:२४:३
२४ भदाै, काठमाडौं । सरकार सम्बद्ध गठबन्धनका दलहरुबीच सीट बाँडफाँडमा कुरा मिलेको छैन । मधेश केन्द्रीत दल जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं, मोरङ र धनकुटा जस्ता स्थानमा पनि दावी गरेपछि कुरा मिल्न सकेको छैन् । कांग्रेसको चाहना महन्थ ठाकुर समूहको लोसपालाई पनि गठबन्धनमा सहभागी गराउने योजना रहेको छ ।
तर जसपाको कारण त्यो संभव देखिएको छैन । सत्ता गठबन्धनमा लोसपालाई स्थान नदेखिएपछि एमालेतिर नजिक हुँदै गएको छ । सत्ता गठबन्धनमा जसपाले १४ सीट हो भने त आफै जित्न सकिने तर ३२ सीट आवश्यक रहेको भन्दै गठबन्धनको बैठक नै बहिष्कार गर्ने अवस्थामा पुगेको छ । यद्यपि कांग्रेसले गठबन्धनमा कुरा मिलाउने जनाउँदै आएको छ ।
स्थानीय चुनावमा मधेसमा कांग्रेस बलियो देखिएपछि मधेसकेन्द्रित दलहरू पनि कांग्रेससँग केही न केही झस्किएका छन् । १३६ मध्ये कांग्रेसले ४६ र एमालेले ३० पालिका जित्दा मधेसमा शक्तिशाली मानिएको जसपा र लोसपाले २५ र १४ पालिका मात्रै जिते । त्यसकारण उनीहरु आगामी संघीय संसदको निर्वाचन आफूहरुको पकडबाट बाहिर नजाओस भन्ने पक्षमा रहेका छन् ।
लोसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा छन् । उनीहरुले आफ्नो सीट कसरी सुरक्षित बनाउने भन्नेमा ध्यान केन्द्रीत गर्न थालेका छन् ।
देउवा नेतृत्वको सरकारले पार्टीले उठाउँदै आएको प्रमुख मुद्दामध्येको नागरिकता विधेयक पारित गराएपछि कांग्रेससँग गठबन्धनको ढोका खुलेको र गठबन्धनका लागि सहज भएको बताएपनि जसपाले लोसपालाई अवरोध गरिरहेको छ । लोसपाका सचेतक उमाशंकर अरगरियासहितका नेताहरु एमालेसँगको निरन्तर छलफलमा रहेका छन् ।
गठबन्धन गर्न चाहने दलहरूसँग आफूले पाउने सीटलाई शर्त बनाएको लोसपाले अरगरिया, केशक झा र डा सुरेन्द्र झा रहेको वार्ता कमिटी बनाएको छ । कमिटीले सीट बाँडफाँट र तालमेलको विषयमा काम गरिरहेको छ । हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, सीके राउतको जनमत पार्टी, वृषेशचन्द्र लालको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), रेशम चौधरीकी श्रीमती श्रेष्ठ रञ्जिताको नागरिक उन्मुक्ति पार्टीलगायत तराई मधेसमा सक्रिय साना पार्टीसँग एकीकरण गर्ने, नभए चुनावी तालमेल गर्ने माहौल बनाउन कमिटीले काम गरिरहेको स्रोतको दावी छ ।
देशको ठूलो पार्टी र प्रमुख प्रतिपक्षी पार्टी मिलेर पनि सरकार बन्ने आफूलाई डेमोक्र्याट र र्याडिकल कम्युनिस्ट भन्ने पार्टी मिलेर पनि सरकार बन्ने अवस्थामा भएमा लोसपा प्रतिपक्षी बन्ने गरी अघि बढ्न लागेको र त्यसका लागि एमालेको साथ आवश्यक रहेको भन्दै एमाले नेताहरुसँग निरन्तर छलफल गरिरहेको स्रोतले जनाएको छ । पाँचदलीय सत्ता गठबन्धन सीट बाँडफाँटको लफडामा छ भने आवश्यकताका आधारमा गठबन्धन गर्ने एमालेले बताउँदै आएको छ । लोसपाले प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई पत्राचार गरेको छ । २५ भदौसम्म उम्मेदवारको नामावली आएपछि तालमेलको मोडालिटीबारे निर्णय लिने लोसपाको तयारी छ ।
जसपा र लोसपाको विचारधारा र पृष्ठमूमिसमेत मिल्छ । तर, जसपाले ०७४ सालमा जनतासँग गरिएको चुनावी वाचा बिर्सिएकाले ऊसँग चुनावी तालमेल सम्भव नरहेको लोसपाले जनाएको छ । एमालेसँग कुरा मिल्ने स्थानमा गठबन्धन गर्ने गरी गृहकार्य भैरहेको पनि लोसपा स्रोतले जनाएको छ ।
‘एमालेले कुनै जवाफ दिएको छैन तर संभवत एमालेसँगै तालमेल भएर अघि बढ्न सक्ने अवस्था छ’, लोसपाका एक नेताले भने । ०७४ को चुनावमा हालको मधेस प्रदेशबाट राष्ट्रिय जनता पार्टी नेपाल राजपाले १०, तत्कालीन संघीय समाजवादी फोरमले ९, नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ क्षेत्र जितेको थियो । मधेस प्रदेशमा लोसपाको ९ सीट छ । अहिले मधेस प्रदेशबाट १४, लुम्बिनीबाट ८ र प्रदेश १ बाट ४ सीटमा आफ्नो बलियो प्रभाव रहेको लोसपाले जनाएको छ । तर कति स्थानमा गठबन्धन गर्न एमाले राजी हुन्छ भन्ने बारेमा केही दिनमा टुंगो लाग्ने लोसपाले जनाएपनि एमाले भने यो विषयमा मौन रहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार