बीपी कोइरालाको विचार र सिद्धान्तको चीरहरण
यज्ञप्रसाद भट्टराई
भदौ २५, २०७९ शनिबार १८:५२:३६
नेपालमा राजनीतिक अधिकारको लागि इतिहासका विभिन्न कालखण्डमा विभिन्न प्रकारका निशस्त्र र सशस्त्र आन्दोलनहरु भएका देखिन्छन् । नेपाल राज्यको एकीकरणदेखि राजतन्त्रको अन्त्यसम्मका राजनीतिक आरोह अवरोहहरुको सिंहावलोकन गर्दा देश र जनताका लागि भन्दा पनि केवल व्यक्तिगत स्वार्थका लागि मात्रै आन्दोलनहरु भएका त थिएनन रु भनेर आशंका गर्ने थुप्रै ठाउँहरु देखिन्छन् । भलै यस्ता आशंकाहरु असत्य नै किन नहुन ।
१७ औं शताब्दी तिर राजाहरुले राज्यभोग गर्नका लागि मात्रै मुलुक एकीकरण गरेका थिएनन् जनताको पीरमर्काका बिषयमा र देश बिकासका पक्षमा पनि उत्तिकै जिम्मेवार भएका थिए भन्ने कुराहरुको प्रमाण स्वयं उनीहरुले दिएका हितोपदेशहरुबाट समेत छर्लङ्ग हुन्छ । देशलाई एकताको शुत्रमा बाँध्ने, नागरिकमा एकता जगाउने, देशलाई बिकासको मार्गमा डोर्याउने यस्ता महामानवहरु समयको धेरै लामो कालखण्डमा एकदुई जना मात्रै जन्मन्छन् भन्ने कुरा पनि सत्य झैं लाग्ने गर्दछ । देश बिकास भन्दा देश बिनास र एकता भन्दा खण्डीकरणमा आफ्नो पुरुषार्थ ठान्ने वर्तमानका नेतृत्वहरुलाई यो कुरा अपाच्य हुन सक्दछ ।
नेपाली जनताको धेरै लामो समयदेखिको रस्साकस्सीको परिणाम थियो, २००७ सालको प्रजातान्त्रिक आन्दोलन । जसको नेतृत्व मातृका प्रसाद कोइराला, गणेशमान सिंह, बिश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ लगायतका तत्कालीन परिवर्तनका पक्षधर नेतृत्वहरुबाट भएको थियो । देशमा रहेको जहानियाँ राणा शासनबाट नेपाली जनतालाई मुक्ति दिलाउने र देशमा प्रजातन्त्रको स्थापना गर्ने उद्धेश्यका साथ शुरु गरिएको उक्त आन्दालनले २००७ साल फाल्गुण ७ गते सार्थकता पाएको थियो । त्यसैको संझना स्वरुप देश गणतन्त्रमा गएको दशकौं हुँदा समेत हामी प्रजातन्त्र दिवस भनेर मनाईरहेका छौं ।
विश्व समाजवादी आन्दोलनको लहर चलेको उक्त समयमा नेपालमा पनि समाजवादको पक्षमा विचार दिनसक्ने एक महान राजनीतिज्ञको उदय भएको थियो, जो २०१५ सालमा यो देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा नेपाली जनताबाट अनुमोदित समेत भएका थिए । उनै विश्वेश्वरप्रसाद कोइरालाको १०९ औं जन्मजयन्ति यसपाली पनि हामी सबै नेपालीहरु मिलेर मनाउँदैछौं । राजनीतिज्ञका साथसाथै महान दार्शनिकका रुपमा विश्व समाजवादी आन्दोलनमा चिनिएका बीपीले नेपालको हावापानी र माटो सुहाउँदो समाजवादको सिद्धान्त समेत प्रतिपादित गरेका थिए । छिमेकी मुलुकहरु स्वतन्त्र हुँदै टुक्रिदै गैरहेको अवस्थामा नेपाललाई एकताको शुत्रमा बाँध्न सक्ने राजनीतिक सुझबुझ र धैयर्ता भएको व्यक्तिका रुपमा समेत बीपी कोइरालालाई लिन सकिन्छ ।
खोरबाट उम्किएको बाघले अलि बढी नै उपद्रो गर्छ भने झैं राणाहरुको पञ्जाबाट मुक्त भएको नेपालको राजसंस्थाले जनताका प्रतिनिधिहरुलाई नै आफ्नो प्रमूख शत्रु ठानेर २०१७ साल पुष १ गते जनताले ल्याएको प्रजातन्त्र माथि कू गरेर पञ्चायत नामको व्यवस्थाको शुभारम्भ गरे । पञ्चायतले के गर्यो रु के गरेन रु त्यो आफ्नो ठाउँमा सुरक्षित छ तर नेपाली जनताको बोल्न, लेख्न, सभा सम्मेलन गर्न र समूहहरुमा आबद्ध हुन पाउने नागरिक स्वतन्त्रताको हक खोस्यो । नेता मात्र हैन दलमा आबद्ध भएका सामान्य जनताहरु समेत जेल जानु पर्ने अवस्था आयो । यसलाई नै पञ्चायतले पञ्चायती प्रजातन्त्रको नाम दियो ।
बिश्वेश्वरप्रसाद कोइरालाले देशमा समाजवाद ल्याउन राजा र जनता दुबै मिल्न जरुरी छ भन्ने अभिब्यक्ति मात्रै दिएनन् देशमा राजसंस्था रहेन भने देश पनि सुरक्षित रहँदैन भनेर बारम्बार नेपाली जनतालाई सजग समेत गराईरहे । बीपीपछि समाजवादको ब्याख्याताका रुपमा उदाएका भरतबाबु प्रसाईले नेपाली कांग्रेसले खोजेको समाजवादको सैद्धान्तिक दस्ताबेज तयार पारे । जसको आधारमा नेपाली कांग्रेस अहिलेसम्म आफ्नो ब्यानरमा समाजवाद भनेर लेखिरहेको छ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट देशमा पुनः लोकतन्त्रको पुर्नस्थापना भयो । नागरिकहरुले दलीय व्यवस्थाको अभ्यासको क्रममा बिभिन्न दलहरुलाई संसदमा पठाए । समयको कालखण्डसँगै नेपाली कांग्रेस पनि परिवर्तित हुँदै गयो । पार्टी नीति, विधि र सिद्धान्तले चल्ने नभई व्यक्तिका लहडमा चल्नुपर्ने अवस्थामा पुग्यो । जसलाई जे मन लाग्यो त्यही बोल्न पाउने अराजक अवस्थालाई नै अहिले प्रजातन्त्र भनिन थालिएको छ ।
नेपाली कांग्रेसले जुन विचार र सिद्धान्तको आधारमा देशमा राजनीतिक परिवर्तन गर्न सक्यो त्यो विचार र सिद्धान्तको अहिले चीरहरण भएको अवस्था छ । महामानव विश्वेश्वरप्रसाद कोइरालाले जुन सपना देखेर प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नु भो के आज त्यो जस्ताको त्यस्तै लागू भएको अवस्थामा छ त रु यदि भएको छैन भने किन हुन सकेन रु भनेर कहि कतै बहस र छलफल हुने गरेको छ रु नेपाली कांग्रेसले गणतन्त्रात्मक शासन व्यवस्थामा कसरी आफुलाई अन्य दलहरु भन्दा फरक तरिकाले उभ्याई रहेको छ रु भन्ने कुराहरुले वर्तमान कांग्रेस नेतृत्व अझै पनि सजग र गम्भीर हुन सकेको देखिदैन ।
वर्तमान समयमा नेपाली कांग्रेसले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको राजनीतिक तथा सैद्धान्तिक विचार र आदर्शमा अन्य दलहरुलाई हिडाउनु पर्ने अवस्थामा स्वयं नेपाली कांग्रेस आफै कम्युनिष्टहरुको टाँङ्गमुनी छिर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याईपुर्याउने नेतृत्वप्रति सजग र चनाखो हुँदै अबका दिनहरुमा नेपाली कांग्रेसलाई कसैको बैशाखी नचाहिने अवस्थामा पुर्याउन सक्ने सक्षम र सवल नेतृत्व चयन गर्नसके मात्रै पनि महामानव कोईरालाप्रतिको सच्चा सम्मान हुनेछ । १०९ औं बीपी जयन्तिको अवसरमा स्व। सान्दाजुप्रति पुष्पगुच्छासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जय नेपाल ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार