गठबन्धनमा धाक देखाउने नेपाललाई ओलीको धक्का, विश्वास पात्रजति धमाधम एमालेमा फर्कदै
कुसुम सेञ्चुरी
भदौ २६, २०७९ आइतबार १८:३४:५४
२६ भदौ, काठमाडौं । सत्ता गठबन्धनमा पार्टीको हैसियतभन्दा धेरै सीट दावी गरिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई यतिबेला पार्टीमा रहेका आफ्ना विश्वास पात्रहरुलाई थमथम्याएर राख्न गाह्रो परिरहेको छ । उनी बढी अहंकारवादी भन्दै गएको भन्दै धमाधम उनका विश्वास पात्रहरु एमालेमा फर्किरहेका छन् ।
यसले नेपालबाहेकका नेता तथा कार्यकर्तालाई एमालेमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको रणनीति सफल हुँदै गइरहेको छ । नेपाललाई एमालेमा फर्कनै नदिने ओली रणनीतिले नेकपा एसमा ठूलै धक्का पुर्याउने अनुमान नेता तथा कार्यकर्ताहरुले नै गर्न थालेका छन् ।
आइतबार बिहानै एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘डा. बालकृष्ण चापागाई औपचारिक रूपमा आफ्नो मातृ पार्टी नेकपा एमालेमा फर्किनु भएको छ । उज्वल राजनीतिक भविष्यको कामनासहित हार्दिक स्वागत छ, डा. बालकृष्ण चापागाईलाई ।’ पार्टी अध्यक्ष केपी ओलीसँगको तस्वीर शेयर गर्दै माधव नेपालका विश्वास पात्र रहेका चापागाइँ एमालेमा आएको जानकारी पौडेलले समाजिक सञ्जालमार्फत दिए ।
उनी मात्र होइन, स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने अनौपचारिक प्रयास थाल्यो । यसलाई पार्टीका नेता तथा कार्यकताहरुले सहज रुपमा लिन सकेनन् र दोस्रो विकल्पका रुपमा पुरानो माउ पार्टी एमालेनै रोज्न थाले र यो क्रम निरन्तर बढीरहेको छ ।
एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई माओवादीमा मिलाउन लागेपछि एमालेमै फर्कन उनीहरु बाध्य भएको देखिन्छ । ‘जब माओवादीसँग पार्टी एकीकरणको कुरा आयो देशव्यापी रुपमै कार्यकर्ताहरु असन्तुष्ट रहेका छन’, नेकपा एसका एक नेताले नेपालबहससँग गुनासो पोखे ।
मंसिर ४ गते संघीय संसदको निर्वाचनमा देशव्यापी रूपमा उम्मेदवार उठाउनुपर्ने माग गरिरहेका नेता कार्यकर्ताहले गठबन्धन दलबाट कम सीट पाउने र धेरै सीटमा अन्य दललाई सघाउनुपर्ने अवस्था आएपछि एसभित्र असन्तुष्टि बढेको थियो । सोही क्रममा एमालेबाटै विद्रोह गरेर माधव नेपाललाई साथ दिएका नेताहरू पुनः एमालेमा फर्कन थालेका छन् ।
गत हप्ता गुल्मी एसका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जलगायतका नेता एमालेमा फर्किएका थिए । पार्टी सचिव रामकुमारी झाक्री गुल्मीमै रहेको बेला उनीहरु एमालेमा फर्किएका हुन । उनीहरूले पनि पार्टीको संगठन विस्तार गर्नुको साटो अन्य पार्टीमा लगेर मिसाउन लागेको र संगठन विस्तारमा नलागी कसलाई हराउने कसलाई जिताउने भन्ने व्यक्तिगत स्वार्थमा लागेपछि पार्टी छोड्नु परेको बताएका थिए । गठबन्धन पार्टीहरूबीच सीट संख्यामा कुरा नमिलेकै अवस्थामा एस पार्टीका नेताहरू एमालेतिर फर्केका छन् ।
माओवादीले नेकपा एसलाई गठबन्धनभित्र निकै कम सीट दिनुपर्ने भनिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरू एमालेमा फर्केपछि गठबन्धनले एस पार्टीलाई भाग लगाउने सीटको संख्या अझ कम हुने अवस्था देखिएको छ । एस पार्टीकै अध्यक्ष नेपालले कांग्रेस र माओवादी मिलेर कमजोर आँकेको भन्दै गुनासो गरेका थिए । त्यसक्रममा नेपालले प्रतिनिधीसभातर्फ एस पार्टीले ४० सीट दाबी गरेका थिए । तर एसलाई १७ वा १८ सीट मात्रै दिनेगरी बाँडफाँटको प्रक्रिया अघि बढाउँदा नेपालले असन्तुष्टि प्रकट गरेका थिए ।
एसका नेताहरूले कम्तीमा २४ सीट पाउनु पर्ने माग गरिरहँदा उनीहरूको नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेको हो । कांग्रेसलाई ७० सीट दिनुपर्ने सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका माधव नेपालले गठबन्धन दलहरूलाई होच्याउने, हेप्ने गरेमा भने नेकपा एकीकृत समाजवादी आवश्यक परे एक्लै चुनावमा जान सक्ने बताइरहेका छन ।
पार्टी केन्द्रीय सचिवसमेत रहेकी र आगामी चुनाव गुल्मीबाटै लड्ने तयारी गरिरहेकी रामकुमारी झाँक्रीलाई गृह जिल्लामा धक्का लागेको छ । सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूलाई पार्टीमै फर्काएका थिए ।
यसरी एमालेमै फर्किनेमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता छन्। कार्यक्रममा नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने भन्दै भाषणसमेत गरेका थिए ।
केही दिन अघि एस पार्टीका सर्लाही जिल्ला अध्यक्षबाहेक सिंगो सर्लाही जिल्ला कमिटी नै एमालेमै समाहित भएको थियो। सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन् ।
नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा फर्किएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री समेत रहेका कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, पोलिटब्यूरो सदस्य एवम् प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरूले पनि माधव नेपालको साथ छोडेर पुरानै पार्टीमा फर्केका थिए ।
दुई साता अघि एमाले अध्यक्ष ओली आफै कञ्चनपुर पुगेर उनीहरूलाई पार्टीमा ल्याएका थिए । त्यसअघि कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाहीलाई पनि ओलीले भक्तपुरको बालकोट स्थित आफ्नै निवासमा एमालेमा स्वागत गरेका थिए ।
डोल्पाका नेता शाहीसँगै किसान महासंघका कोषाध्यक्ष जीवनबहादुर शाहीलगायतका नेता कार्यकर्तालाई ओलीले एमालेमा ल्याएका थिए । एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले केही साथीहरू जानु भएको हो उहाँहरूलाई पार्टीले कारवाही गरिरहेको बताए। ‘पार्टीले कारबाही गरेका व्यक्ति जानु भएको हो अन्य साथीहरू पार्टीहरू मै प्रतिबद्ध हुनुहुन्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।
नेकपा एसका नेताहरूले माओवादी केन्द्रसँग तत्काल एकीकरण नगर्न आग्रह गर्दै आएका छन् । माओवादीहरूले आफ्नो स्वार्थ अनुकूल पार्टी एकता गर्ने स्वार्थ मिलेपछि पेल्न अवस्था रहेका कारण एसका नेताहरू माओवादीसँग पार्टी एकता गर्न डराइरहेका छन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल नै माओवादी केन्द्रसँग चुनावी सहकार्य मात्रै गर्ने पार्टी एकता गर्न नहुने पक्षमा रहेका छन् । उनले माओवादीभन्दा एमालेसँगै सहकार्य गर्न दबाब दिइरहेका छन् ।
खनालले स्थानीय तहको निर्वाचनको बेला आफ्नो जिल्लमा एमालेसँगै सहकार्य गरेका थिए । सोही सहकार्यपछि एमालेले इलाममा खनाललाई नरमनीति लिएको स्रोतको दावी छ । खनाल निकट रहेका नेता कार्यकर्ताले माओवादीसँगको एकता भन्दा यही पार्टी बनाएर जानु पर्ने वा विचार र सिद्धान्त मिल्ने एमालेसँगै सहकार्य गर्नुपर्ने सुझाव दिएका छन । ‘अहिलेको अवस्थामा मुल पार्टीमै रहेर काम गर्नुको विकल्प छैन, त्यही बसेर संघर्ष गर्नुनै उपयुक्त नै हुन्छ भनेर मुल पार्टीमा फर्कन लागेका छन् यसबारेमा नेतृत्वले ध्यान दिनु आवश्यक छ’, एस पार्टीका एक नेताले भने ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार