मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २१:४१:१५
२६ भदौ, काठमाडौं । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।
श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी हुन । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता जनाउनेछिन । प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन ।
मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही, ¥यापर आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए ।
आयोजकको अनुसार यस बर्ष मिस ग्राण्ड नेपाल २०२२ को प्रमुख विषयवस्तु युद्ध र हिंसा कसरी रोक्न सकिन्छ भन्ने थियो । प्रतियोगीमा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाइएको आयोजकले बताए । त्यस्तै प्रतियोगितामा मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी बर्षा भण्डारी, मिस बेस्ट स्विम सुट बर्षा भण्डारी, मिस कन्फिदेन्स सामना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस कन्जिनलिटी सुदेश्ना महर्जनलाई उपाधिसमेत दिइएको थियो ।
कार्यक्रम लाजिम्पाट स्थित होटेल शंकरमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन मिस ग्राण्ड नेपाल २०१८ विजेता उरुशा जोशीले गरेकी हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार