लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २२:२५:२०
२६ भदौ, काठमाडौं । जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् ।
उनले उपाधिसंगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन् । उनले नगद ३० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरिन् । सप्तरीकी सुदिक्षा चौधरी सेकेण्ड रनरअप भइन् । उनले नगद २० हजार, क्राउनलगायत उपहार प्राप्त गरिन् ।
त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन् । उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गरे । सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए । उनले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड रनरअप भए । उनले २० हजार नगद र अन्य उपहारहरु प्राप्त गरे ।
यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरु समेत प्रदान गरिएको छ । मिस थारुतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लीक च्वाईस अवार्ड रेनुका चौधरीले प्राप्त गरिन् ।
त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लीक च्वाईस अवार्ड राजीव चौधरीले प्राप्त गरे । विजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
थारु कला, सँस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने
जेठ २१, २०८१ सोमबार
उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा
जेठ २१, २०८१ सोमबार
इलाममा खोलाले जिप बगायो, २ जनाको मृत्यु
जेठ २१, २०८१ सोमबार
प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी
जेठ २१, २०८१ सोमबार
जनताको साथ भएपछि लोकतन्त्रले दीर्घायु प्राप्त गर्छ : नेता बडू
जेठ २१, २०८१ सोमबार