एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १८:२३:५३
२९ भदौ, लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका महासचिव गौरीराज जोशी र महासचिव डा. केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ । पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ ९२०१७ को संशोधनसहित० को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएको उल्लेख छ ।
‘तपाईका क्रियाकलाप पूर्णरुपमा संघको विधान उद्देश्य प्रतिकूल रहेकाले आजैका मितिदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिका २९ मध्ये २४ जना पदाधिकारीले उनलाई अध्यक्षको रूपमा अविश्वास गरी कारबाही गर्ने निर्णयसहित केन्द्रमा उजुरी दर्ता गरेका थियो ।
गाहामगरलाई गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजात, कार्यालयका सामग्री कार्यसमितीलाई दुई हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।
उनी संघको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का, गगन थापालगायतलाई जेल हाल्ने धम्की दिएर विवादमा मुछिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार
बैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार