निर्वाचन आचारसंहिता संशोधन गर्न सत्ता पक्षको माग, असहमति जनाउँदै एमालेले फेर्यो भाका
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार २२:२५:३९
२९ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीहरुप्रति राखिएको प्रावधान हटाउन सत्ता पक्षका नेताहरुले माग गरेका छन् । नेकपा एमालेले भने यसअघिको भनाइलाई फेर्दै आचारसंहित राजपत्रमा प्रकाशित भइसकेकाले सच्याउन नमिल्ने बताएको छ ।
सत्ता गठबन्धन दलमा आबद्ध नेताले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र निर्वाचन प्रचारप्रचारमा जान नपाउने आचारसंहितामा संशोधन गर्न माग गरेका हुन् । बुधबार निर्वाचन आयोगमा भएको छलफलमा उनीहरूले प्रधानमन्त्री, मन्त्रीहरू अन्यत्र पनि चुनावी प्रचारप्रसारमा जान पाउनुपर्ने माग राखेका छन् ।
प्रधानमन्त्री, संघीय मन्त्री, प्रदेश मन्त्री, स्थानीय तहका पदाधिकारीले चुनावप्रचार गर्न नपाउने भन्ने सन्दर्भमा नेताहरुले लोकतान्त्रिक व्यवस्थामा प्रचार गर्न जान पाउनुपर्याे भन्दै साधन–स्रोतको दुरुपयोग नहुने बताएका छन् । प्रधानमन्त्री, मन्त्रीसहितका उमेदवारले आफ्नो निर्वाचन क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । उम्मेदवारले निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्ने र प्रतिनिधि नियुक्त गर्ने व्यवस्था अव्यावहारिक भएको भनाई नेताहरुले राखेका छन् ।
यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकाले संशोधन गर्न नहुने धारणा राखेको छ । निर्वाचन आयोगको छलफलमा सत्तारूढ दलले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारप्रचारमा जान नपाउने आचारसंहितामा संशोधन गर्न माग राखेपछि एमालेले सो विषय सही भएपनि संशोधन गर्न नहुने धारणा राखेको हो ।
प्रधानमन्त्री, मन्त्रीले अन्यत्र चुनाव प्रचारप्रचारमा जान पाउनुपर्ने विषयमा हाम्रो आपत्ति छैन । निर्वाचन कार्यक्रम नै प्रकाशित भएर आचारसंहिता पनि राजपत्रमा प्रकाशित भइसकेको छ भन्दै एमाले निर्वाचन विभागका सचिव केदार कोइरालाले यो अवस्थामा संशोधन गर्ने भनेको सत्तारूढ दलको प्रभावमा पर्नुरहेको बताए ।
निर्वाचन प्रचारमा जान रोक्नु मान्यताविपरीत भएपनि निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने भएकाले अब आचारसंहिता संशोधन गर्न नहुने उनको भनाइ छ । स्थानीय निर्वाचनको आचारसंहितामा भने सोही विषयमा सत्ता पक्षले सुटुक्क हस्ताक्षर गरेको उनको आरोप छ । भदौ २७ गते संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचारमा जान नपाउने विषय संसदीय प्रणालीको मूल्य र मान्यताको विपरीत भन्दै आपत्ति जनाएका थिए ।
आफूहरूले विरोध गरेपनि सत्तापक्षले केही नबोल्दा आचारसंहितामा यो व्यवस्था परेको उनको दाबी थियो । समिति बैठकमा विरोध गरेको एमालेले आयोगमा भने आचारसंहिताको समर्थन नै गरेको छ । सत्तारूढ दलले भने आचारसंहिता संशोधन गर्न दवाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने
जेठ ११, २०८१ शुक्रबार
‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’
जेठ ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
जेठ ११, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट
जेठ ११, २०८१ शुक्रबार