कांग्रेसको कारबाहीमा परेकाहरुको स्वतन्त्र उम्मेदवारको तयारी
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार २२:१४:३४
♦ विशाल बस्नेत
३१ भदौ, महोत्तरी । गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् ।
महोत्तरी क्षेत्र न।१ क मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र घोडा छापबाट जितेका क्षेत्री पक्षले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल थालेका हुन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेसले नगर सभापति युवराज पोखरेल, प्रल्हाद क्षेत्रीसहितका नेतालाई कारबाही गरेको थियो ।
तर, अहिलेसम्म कारबाही फुकुवा नगरेपछि उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा समेत घोडा छापबाट नै आफ्नो उम्मेदवार बनाउने र प्रतिनिधिसभामा कुनै पाटीलाई सर्तसहित सहयोग गर्ने तयारी गरेका क्षेत्रीनिकट विनोद ढुंगेलले बताए ।
निर्वाचन क्षेत्र न। १ मा अहिले पनि आफुहरुको मत बढी रहेको स्वतन्त्र पक्षधरहरुले दाबी गरेका छन् । ‘हामी बैठक बसेर प्रदेशमा उम्मेदवार उठाउँछौ र संघमा परिस्थिति हेरेर सहयोग गर्छौं,’ नेता ढुंगेलले भने ।
यद्यपि, कांग्रेसले कारबाही फुकुवा गरेमा भने पार्टीको निर्देशनमा लचिलो बन्ने क्षेत्री पक्षधरले संकेत गरेका छन । जिल्ला सभापति नागेश्वर यादवका अनुसार कारवाहीमा परेका नेता, कार्यकर्ताहरुलाई फुकुवा गर्न पहल भइरहेको छ ।
‘सभापति शेरबहादुर देउवासँग पनि कुरा भइसकेको छ । कारबाही फुकुवाका लागि सभापतिलाई पटकपटक भेटेको पनि छु । आशा गरौ छिट्टै कारबाही फुकुवा हुनेछ,’ सभापति यादवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार