निर्वाचन अपांगमैत्री मनाउन माग
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १७:४१:४५
२ असोज, चितवन। यहि मङ्सिर ४ गते हुन हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपांगमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा संघ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपांगमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् । संघका जिल्लासचिब किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपांगता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको उनले बताए । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपांगता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग ज्ञापनपत्र उल्लेख गरिएको छ ।
संघकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक अपांगता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताए । ज्ञापनपत्र बुझ्दै दलका नेताहरुले आगामी निर्वाचन अपाङ्गमैत्री बनाउन राजनैतिक दलहरुले प्रतिबद्धता जनाएका उनको भनाइ थियो ।
नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि पहल गर्ने बताए । नेपाली कांग्रेसका जिल्लासचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपांगमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाए । अपांगका समस्या समाधान गर्न दलहरुमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीउहाँहरुको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार