कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय, कसरी हुँदैछ अनुसन्धान ?
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १८:५१:३८
२ असोज, पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सीजन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा.डा. देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।
विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ । ल्याव रिपोर्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको पेय पदार्थ भए यसलाई ब्रान्डिङ गर्ने विश्वविद्यालयले जनाएको छ ।
‘कोदोको मदिराजन्य अनुसन्धानले नेपाललाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास छ,’ कार्यदलका संयोजक पाण्डे भन्छन्, ‘अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य पक्कै आउँछ । यसबाट विदेशी ब्रान्डका रक्सीको आयात घटाउँदै देशलाइ समृद्ध बनाउने आधार तयार हुनेछ । कोदोको रक्सीलाई ब्रान्डिङ गरेर त्यसको प्याटेन्ट राइटसमेत नेपालको हुनेछ ।’
विदेशबाट महँगा रक्सी नेपालमा आयात हुँदा अर्वौं रुपैयाँ बाहिरिएको छ । कोदोको रक्सी स्वादमा पनि फरक भएकोले यसलाई ब्रान्डिङ गर्नुपर्ने आवाज सर्वत्र छ । गण्डकी प्रदेशसभामा बोल्ने सांसदहरूले पनि कोदोको रक्सीलाई वैध बनाउनुपर्ने आवाज उठाएका थिए । रक्सीको अनुसन्धानमा पाँच करोड खर्च हुने बताइएको छ ।
विश्वविद्यालयले प्रत्येक जिल्लाका ८५ वटा नमुना संकलन गरेको छ । परम्परागत रूपमा मदिरा उत्पादन गर्ने चार सय २५ घरको नमुना संकलन भएको पाण्डेले जानकारी दिए । उक्त मदिरा उत्पादन प्रक्रिया समेत मसिनो गरी अनुसन्धान गरिएको छ । खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल र आर्सेनिकसहित विभिन्न सूचक हेरिएको छ । केही नमुनामा विषाक्त तत्व भेटिए पनि सबैमा त्यस्तो नभएको उनले बताए ।
‘मानिसको जीवनसँग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै । केही नमुनामा मिथानल भेटिएको छ, यसले मानव स्थास्थ्यमा असर गर्छ,’ उनले भने, ‘अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । अल्कोहल र मर्चा पछि हामी कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गर्छौं ।’
गण्डकी विश्वविद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो । बेलायत, कोरिया, अमेरिकालगायत देशका विज्ञहरू सहभागी थिए । घरेलु रक्सी उत्पादनलाई गैरकानुनी मानिँदै आएकोमा पछिल्लो वर्षमा यसको ब्रान्डिङबारे बहस हुन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार