भागबण्डा मिलाउन छलफल, १०० मिल्यो ६५ सीट मिल्न बाँकी
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १९:१५:११
४ असोज, काठमाडौं । एक साताको रस्साकस्सीपछि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धन दलका शीर्ष नेताहरु मंगलबारबाट प्रत्यक्षतर्फको सीट भागबण्डा मिलाउन कसरतमा जुटेका छन् । उनीहरुले गएराती अबेर निर्वाचन आयोगमा आफ्ना दलका समानुपतिक उम्मेदवारहरुको बन्दसूची बुझाएका थिए । मंगलबार साँझ प्रतिनिधिसभा सदस्यको सीट बाँडफाँडमा सहमति जुटाउने नेताहरुले बताएका छन् ।
करिब एक सातापछि शीर्ष नेताहरूले सीट बाँडफाँडको विषयमा मंगलबार बिहानदेखि पुनः सहमतिको प्रयास थालेका छन् । अहिले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा कार्यदलका नेताहरूबीच चरणचरणमा छलफल भइरहेको छ । आजै अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठक बस्दैछ । बिहान एकचरण छलफल गरेका नेताहरुले दिउँसो कार्यदल स्तरमा र अपरान्ह ४ शीर्षसँग बसेर निर्णयमा पुग्ने बताइएको छ ।
छलफलमा सहभागी एक नेताले दिएको जानकारी अनुसार गठबन्धनमा दलहरूबीच करिब १०० सीटमा सहमति जुटेको छ । बाँकी ६५ सीटमा दोहोरो र तेहोरो दावी रहेकाले सहमति जुट्न सकेको छैन् । सीट संख्यालाई लिएर अन्य दलको तुलनामा नेपाली कांग्रेसभित्र बढी विवाद छ । कांग्रेस संस्थापनइतर समूहले १०० सीटभन्दा तल झरे पार्टीमा विद्रोह गर्न चेतावनी पार्टी सभापति शेरबहादुर देउवालाई दिइरहेको छ ।
कांग्रेसलाई सय सीट दिन अरु दलहरु तयार नभएपछि सभापति देउवाले ८८ सीटसम्ममा सहमति गर्ने प्रयास गरिहेका छन् । नमिलेका बाँकी केही सीटमा एकभन्दा बढीको दाबी हुँदा तालमेलको सहमति बन्न सकेको छैन । गठबन्धनमा कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले १५–१५ र राष्ट्रिय जनमोर्चाले २ सिटको आसपास सीट संख्यामा सहमति जुटाएर तालमेलको प्रयास भइरहेको ति नेताले बताए ।
गठबन्धनको सव्ट बाँडफाँट नटुङ्गिँदा कांग्रेसलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न सकस परेको थियो । सोमबार रातिसम्म लगाएर कांग्रेसले बन्दसूची बुझाएको हो । तर, अझै पनि पार्टीभित्रको विवाद भने मिलिसकेको छैन । गठबन्धनबाट सीट लिँदा बढी लिनुपर्ने र कांग्रेसले जित्ने आधार भएका निर्वाचन क्षेत्र अरु दललाई दिन नहुने माग कोइराला समूहको छ । तर, कांग्रेसले जित्ने आधार भएका सबै ठाउँ गठबन्धन कांग्रेसले पाउने अवस्था छैन् ।
गठबन्धन दलले निर्वाचनमा तालमेल गर्ने सहमति गरेर २० साउनमै सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । त्यस्तै, माओवादी कन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार