सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २२:१७:४९
५ असोज, काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम चरणका १५ प्रतिस्पर्धीले ट्यालेन्ट राउण्डमा आ–आफ्नो विशेष प्रतिभा प्रस्तुत गरेका छन् । जमलस्थित होटल यल्लो प्यागोडामा भएको ट्यालेन्ट राउण्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला, मनोवाद लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस टिनको उपाधिका लागि अदिति श्रेष्ठ निशा सोनी साह, प्रतिक्षा डंगोल, परिका भण्डारी, सुस्मिता अधिकारी, खुसी श्रेष्ठ, स्नेहा पौडेल, आर्या पौडेल, सुम्निमा पुरी, पूजा ओली, हर्षिता पन्त, कसक पौडेल, विसुका कोइराला, सुजिता पौडेल र विभूषा बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।
प्रतियोगिताको ग्राण्ड फिनाले असोज ९ गते हुँदैछ । १८ औं संस्करणको सेञ्चुरी मिस टिन प्रतियोगिताको कोरियोग्राफी मोडल तथा भिजे प्रियारानी लामाले गरिरहेकी छिन् । प्रतियोगितामा मुख्य टाइटलसहित अन्य १२ विधाको अवार्डका लागि प्रतिस्पर्धा भइरहेको छ । ट्यालेन्ट राउण्डका प्रमुख अतिथि सेञ्चुरीकी प्रबन्ध निर्देशक आयुषी दुगड र विशेष अतिथि आदित्य दुगडले प्रतियोगितासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।
ट्यालेन्ट राउण्डमा निर्णायकका रुपमा अशोकप्यासी राई, आशा लामा, रितिका खरेल, सुशिलकुमार श्रेष्ठ, शैली बाँस्कोटा र डा . अमि प्रधान रहेका थिए । आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासका लागि सेञ्चुरी मिस टिन प्रतियोगिता उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार