डेढ महिना लगाएर १ सय २६ मा सहमति, ३९ सीट मिलाउन अझै महाभारत
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १६:२१:४
७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा प्रमाणीकरण नगरेपछि यसैमा अल्झिाएका सत्तारुढ पाँच दल आजबाट पुनः सीट बाँडफाँडमा केन्द्रित हुँदैछन् । उनीहरुले अहिलेसम्म प्रतिनिधिसभाको १६५ सीट मध्ये १२६ सीटमा सहमति गरेका छन् भने ३९ सीटमा भागबण्डा गर्न बाँकी छ । बाँकी रहेको सीट प्राय मधेश प्रदेशमा छन् ।
मधेशमा सबैले बराबरी दावी गरेका छन् भने यही क्षेत्रलाई आधार बनाएर राजनीति गरिहेको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकोभन्दा बढी सीट दावी गरिरहेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट मिलाउन पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेला हुँदैछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेकका चार दलबीच प्रत्यक्ष १ सय ६५ मध्ये हालसम्म १ सय २६ सिटमा मात्रै सहमति जुटेको छ । खासगरी मधेसमा कांग्रेस र जसपाको बढी रहेकाले सहमति हुन नसकेको हो । मधेश प्रदेशमा कांग्रेस र जसपाले कुल ३२ मध्ये १६÷१६ सिट दाबी गरेको पौडेलले बताए । उनका अनुसार हालसम्म कांग्रेस ६५, माओवादी ४०, एकीकृत समाजवादी १२ र जसपाको ९ सिटमा सहमति भइसकेको छ ।
नेताहरूले मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा आज सहमति गर्ने बताएका छन् । जसपाले मधेस प्रदेशलाई आफ्नो मुख्य आधार मान्दै ५० प्रतिशत सिट पाउनुपर्ने अडान छाडेको छैन् । कांग्रेसले पनि मधेस प्रदेशलाई आफ्नो आधार इलाका मान्दै आएको छ । उसले पनि पचास प्रतिशतभन्दा कम सिटमा आकांक्षी व्यवस्थापन गर्न नसकिने बताइरहेको छ । अघिल्लो चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले ९, महन्थ ठाकुरसहित पाँच दलको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले १०, कांग्रेसले ६, माओवादीले ५ र एमालेले २ निर्वाचन क्षेत्र जितेका थिए ।
कांग्रेस नेता पौडेलले सबै प्रदेशमा अन्तिम मिलाउन मात्रै बाँकी रहेको र मधेस सबैभन्दा ठूलो समस्या भन्दै शनिबार (भोली) समानुपातिक सूची फाइनल गर्नुअघि सिट बाँडफाँट टुंग्याउनुपर्ने भएकाले आज सहमति गर्ने बताए । बिहीबार कार्यदलसहित बसेको शीर्ष तहको बैठकमा पनि कांग्रेस र जसपाबीच मुख्य विवाद देखिएको थियो । गठबन्धनको बैठक बस्नुअघि आज कांग्रेस बाहेकका दलको छुट्टै छलफलसमेत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार