सीट बाँडफाँडमा फेरी लफडाः देउवा भन्छन् १२ भित्र, तीन दल भन्छन् १८ सम्म गरौँ !
नेपालबहस संवाददाता
असोज ८, २०७९ शनिबार १६:२६:३९
८ असोज काठमाडौं । सत्ता गठबन्धनमा अहिलेसम्म सीटको भागबण्डा नमिल्दा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएकाहरु अन्यौलमा पर्न थालेका छन् । उनीहरुमा आफुले टिकट पाउने वा नपाउनेदेखि पाएमा कहिले पाउने हो भन्ने अन्योलता बढिरहेको छ । तर, भागबण्डा मिलाउन डेढ महिनादेखि कसरतमा रहेका शीर्ष नेताहरु एकपछि अर्को उल्झनमा फस्दै गएका छन् ।
गठबन्धनमा रहेका शीर्ष नेताबीच शुक्रबारबाट अर्को उल्झन सुरु भएको छ । सीट बाँडेर सक्ने डेटलाइनमा । सीट संख्यामै सहमति नभइरहेका बेला कुन दिन सहमति गर्ने भन्ने कुरामै नेताहरुबीच विवाद सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असोज १२ भित्र जसरी पनि सीटको कुरा मिलाइसक्नुपर्ने पक्षमा छन् भने अरु समानुपातिकको सकिएपछि मात्रै ।
कांग्रेसलाई गलाएर र देउवालाई धम्क्याए भएपनि बढी सीट लिने कसरतमा जुटेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव शुक्रबारदेखि कांग्रेस र जनमोर्चा बाहेकको छलफलमा जुटिरहेका छन् । उनीहरुले समय पछि सार्दै सीट मिलाउन असोज १८ सम्म लानुपर्ने देउवासमक्ष प्रस्ताव गरेका छन् ।
असोज १६ गते समानुपातिकतर्फका उम्मेदवारहरुको सबै प्रक्रिया सकिने र १७ गतेदेखि बसेर १८ गते सम्ममा सीट बाँडफाँडाको काम सक्नुपर्ने बताइरहेका छन् । गठबन्धनको नेतृत्व गरिरहेका देउवाले भने पार्टीभित्रको दवाव थेग्न कठिन भएको र टिकट पाउनेहरुले दशैं मनाउन पनि पाउने भन्दै १२ गतभित्र टुंग्याउनुपर्ने धारणा राख्दै आएको गठबन्धनमा सहभागी एक नेताले बताए ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यसअघि नै स्वीकृत गरेको हो । स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन कार्यतालिका छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका निर्वाचन आयोगले बनाएको छ ।
असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर, यसमा दुवैतर्फ नाम गएकाहरु धेरै भएको र उनीहरुको छानविनका लागि पनि समय लाग्ने छ ।
अगाडी नै उम्मेदवार टुंग्याउँदा कुन दलले कति सीट पाए र कुन क्षेत्र कस्को भागमा पर्यो भन्ने थाहा हुने भएकाले उम्मेदवारका आकांक्षीहरुलाई दशैं व्यवस्थापनमा सहज हुने देउवाको भनाइमा अरु तीनदल सहमति नभएपछि प्रत्यक्षतर्फको सीट भागबण्डा २० गते अगाडि सम्भव देखिएको छैन् । १९ गते विजयादशमी रहेकाले नेताहरु टिकट कि टिका भन्नेमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार