तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १२:३७:२३
आजको पात्रो : १० असोज २०७९, तद्नुसार २६ सेप्टेम्बर २०२२ । आश्विनशुक्लपक्ष अर्थात् दुर्गापक्ष पहिलो दिन, प्रतिपदा तिथि, आज घटस्थापना अर्थात् वडा दशैंको पहिलो दिन । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । आज बिहान सूर्योदय ०५ः५५ मा भएको छ भने सूर्यास्त ५ः५६मा हुनेछ । उत्तरफाल्गुनी नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् । सोमबार शिवालयको दर्शन गर्दा मनमा शान्ति र सद्भाव प्राप्त हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार मेष राशिका जातकका लागि नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आज कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र खुसीयाली छाउने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । सूर्योदयको दर्शन गरेर काम गर्दा सफलता मिल्नेछ । आजको दिन कसैलाई पनि दूवाच्य शब्दको प्रयोग नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन सुुरु गरेको काम सफलता मिल्नेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु):- वृश्चिक राशीका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आज धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन कसैलाई दिनुभएको धन प्राप्त हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द):- कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ । समाज सेवामा समय दिनु पर्नेछ । आजको दिन समय व्यवस्थापन मिलाएर काम गर्नु आवश्यक छ । सकैसँग पनि विवाद हुने गरी काम नगर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार