फ्रान्स स्तब्ध, क्रोएसिया फाइनल चरणमा
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १५:३०:१६
१० असोज,काठमाडौं । डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा फ्रान्सलाई २-० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ ।
पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । तर, लिग ए ग्रुप १ को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध ३-१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो ।
क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो । डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार