जबरदस्ती करणीका आरोपित लहानका उपप्रमुख धरौटीमा रिहा
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १६:२२:३६
१० असोज, लहान । जर्वजस्ती करणी उद्योग मुद्दामा प्रहरी अनुसन्धानमा रहेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा भएका छन् ।
२१ वर्षीया युवतीले आफू जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोप सहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन । मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार भएका थिए ।
भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप लगाइएको पत्रकार सम्मेलनमार्फत दाबी गरेका थिए।
रिहा भए लगतै उपप्रमुख महतोले भने ,‘अब मुद्दा बल्ल अदालती प्रक्रियामा गएको छ । मैले न्याय पाउने विश्वास छ । प्रहरीको नियन्त्रणबाट बाहिर निस्कको छु । अदालती प्रक्रियामा गएपछि मैले न्याय पाउनेमा विस्वस्त छु ।’ उपप्रमुख महतोलाई असोज २६ गते बकपत्रको लागि तारिख दिइएको जिल्ला अदालत सिरहाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार