रविया र शैलेस बने नेक्स्ट सुपर मोडल
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १७:३८:३०
१० असोज, काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् । उनीहरूले पुरस्कारस्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको सुविधा जिते ।
त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए । महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेन्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए । प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार