कांग्रेसको कलह उत्कर्षमा,कोइराला समूह विभाजन गराउन उपसभापतिदेखि महामन्त्रीसम्मलाई देउवाको ललिपप
नेपालबहस संवाददाता
असोज ११, २०७९ मंगलबार १५:३७:११
११ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । समानुपातिकतर्फका उम्मेदवार छनोटमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पार्टी सभापतिका प्रत्यासी समेत रहेका वरिष्ठ नेता डा. शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको छ ।
संस्थापन समूहको दादागिरी बिरुद्ध खबरदारी आन्दोलनमा उत्रिएको कोइराला समूह यथास्थितिमा निर्वाचनमा समेत नजाने निर्णयमा पुगेको छ । कोइराला समूहको आफु बिरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा र उम्मेदवारहरुमा सम्मानजनक संख्या नदिए निर्वाचनमै नजाने रणनीतिलाई असफल बनाउ सभापति देउवाले भने पार्टीका उपसभापतिदेखि महामन्त्रीसम्मलाई ललिपप देखाएर फकाउने प्रयासमा लागेका छन् ।
सभापति देउवाले कांग्रेसको १४ औँ महाधिवेशनमा कोइराला समूहबाट चुनाव लडेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी लगायतका नेतालाई ठूलो अश्वासन दिएर कोइराला बिरुद्ध लाग्न भनेका छन् । सभापति देउवाको अश्वासनपछि अहिले महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारी कोइरालाको विपक्षमा देखिएका छन् ।
समानुपातिक तर्फका उम्मेदवार चयनमा पनि यी तिनै जना नेताले देउवासमूहलाई सघाएको बताइएको छ । उपसभापति गुरुङ र महामन्त्री थापा टिकट वितरणमा प्रत्यक्ष सहभागी थिए । उनीहरुले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बनाउँदा कोइराला समूहबाट आएका नाम समेत हटाएको बताइन्छ । अहिले समानुपातिकतर्फ कोइराला समूहले १० प्रतिशत पनि सीट नपाएको दावी गरिरहेको छ ।
यो समूहले सभापति देउवालाई बन्दसूची मिलाउन नयाँ नामसहितको लिष्ट समेत दिएकाे छ । तर, देउवाले सूची सच्याउनेभन्दा पनि कोइराला समूहमा रहेका नेताहरुलाई खरिद गर्ने रणनीति लिएका छन् । प्रत्यक्षमा निर्वाचन जित्न कठिन देखेका देउवाले समानुपातिबाट आगामी निर्वाचनपछि आफ्नो पक्षमा बहुमत पुर्याउन खोजेका छन् । उनको यो रणनीतिले कांग्रेसलाई निर्वाच्नमा ठूलै घाटा पुर्याउने देखिएको छ ।
देउवा नेतृत्वले हरेक गतिविधिमा मनोमानी गरेपछि वरिष्ठ नेता डा.शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको हो । देउवाका कारण नै सत्ताको नेतृत्व गरिरहेको दल कांग्रेस निर्वाचनअघि विवादको भूमरीमा छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगमा पेस भएको समानुपातिकतर्फको बन्दसूचीले कांग्रेसमा विवाद चर्किदै गएको छ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले एकलौटी गरेको उनीहरुको आरोप छ । आगामी असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको पार्टीका नेता जगदिश्वर नरसिंह केसीले बताए । केसीले भने, ‘हामीले ४० प्रतिशत टिकट नपाए शेरबहादुर देउवा पक्ष एक्लै चुनाव लडोस् । गठबन्धनका पाँच दल मिलाउन १८ घन्टा समय दिने तथा निरन्तर छलफल ६० दिनसम्म गर्नसक्ने सभापतिज्यूले पार्टीलाई एकताबद्ध बनाउन १८ मिनेट पनि समय नदिने? यस्तो पनि हुन्छ ? यसरी एकलौटी तरिकाले अघि बढे गठबन्धनलाई असहयोग गर्छौं।’
सोमबार बिहान बसेको असन्तुष्ट समूहको बैठकले असोज १३ गते खबरदारी सभा गर्ने पनि निर्णय गरेको छ । सो क्रममा शेखर समूहका शीर्ष नेताहरु सहभागी हुनेछन् । माग सम्बोधन नभए अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मको योजनामा शेखर समूह छ । संस्थापन इतर समूहका दोस्रो तहका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार