कांग्रेसमा खेल्ने ओलीको रणनीति देउवाका लागि भारी, समानुपातिक सूची सच्याउन तयार
केदार भट्टराई (काका)
असोज १२, २०७९ बुधबार १६:१०:१८
१२ असोज काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षमाथि खेलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति बनाएपछि नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । “भाई फुटे गवार लुटे” भन्ने भाषामै ओलीले कांग्रेसको कोइराला समूहलाई उपयोग गर्ने रणनीति अपनाएको विषय सार्वजनिक भएपछि कांग्रेसमा तनाव उत्पन्न भएको हो ।
मंगलबार पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी असन्तुष्ट भनिएको डा.शेखर कोइराला समूहले पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै प्रवक्ता डा. प्रकाश शरण महतले आलोचना गरेलगत्तै एमाले अध्यक्ष ओलीले यो समूहको रणनीति हेरेपछि मात्रै अन्य दलसँग तालमेल गर्ने कुरा सार्वजनिक गरेका थिए ।
यसले कांग्रेका दुवै समूहमा खैलाबैला मच्चाएको छ । समानुपातिकतर्फका उम्मेदवार चयनको बन्दसूचीमा कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले असन्तृष्टि जनाउँदै संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । विवाद लम्बिने देखेपछि सभापति देउवा कांग्रेसको समानुपातिक सूची सच्याएर कोइराला समूहका माग सम्बनोधन गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।
आजका लागि डाकिएको पदाधिकारी बैठकमा शेखर कोइरालालाई नडाकिएको बताइएको छ । उनलाई यसअघिका केही बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो । सभापतिका प्रत्यासी रहेका कोइरालालाई देउवाले आधिकारी पदाधिकारीमा समेत राखेका छैनन् । आज देउवाले डा. शेखर कोइरालालाई बोलाएर वान टु वान वार्ता गर्न बोलाएका छन् । सो वार्तापछि मात्र टिकट बाँडफाँडको विषयले कस्तो निकासा पाउछ भन्ने अनुमान लगाउन सकिन्छ । मंगलबार साँझ बसेको पदाधिकारी बैठकमा सबैलाई मिलाएर लैजान आफू तयार भएको प्रतिबद्धता जनाएका देउवाले आज बन्दसूची सच्याउँदै कोइराला समूहलाई २० देखि ३० प्रतिशतको बीचमा सीट संख्या दिने तयारी गरेको बताइएको छ ।
प्रमुख प्रतिपक्षी एमाले सत्तारुढ गठबन्धनभित्र सीट बाँडफाँडको असन्तुष्टिलाई उपयोग गर्ने रणनीतिमा आएपछि देउवा बन्दसूची सच्याउन तयार भएका हुन् । ओलीले आगामी निर्वाचनमा कांग्रेसमा शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिमाथि नजर लगाउँदै भरसक मिलेर जानेसम्मको रणनीति बनाएका छन् ।
सत्ता गठबन्धनभित्र सीट बाँडफाँड टुंगिएर असन्तुष्टिको स्वरुप सतहमा आएपछि मात्र सरकारबाहिरका लोसपा, राप्रपालगायत साना दलसँगको तालमेल टुंग्याउने ओलीको रणनीति सार्वजनिक भएको छ । प्रत्यक्षतर्फको मनोनयन नजिकिँदै जाँदा गठबन्धनभित्र सीट बाँडफाँड पेचिलो बन्दै जाने र त्यसको असर कांग्रेसमा धेरै देखिने ओलीको बुझाइ छ ।
कोइराला समूहको असन्तुष्टिको स्वरुप मसिनो ढंगले विश्लेषण गर्ने, उनीहरुको प्रभाव क्षेत्र रहेका स्थानबाट खडा हुन सक्ने कांग्रेसका विद्रोही उम्मेदवारललाई कतिपय स्थानमा घोषित रुपमै सहयोग गर्ने ओलीको रणनीति छ । कांग्रेसको कलहलाई मुल्यांकन गरेर मात्रै ओलीले लोसपा, राप्रपालगायत दलसँगको स्थानीय तालमेलका क्षेत्रबारे ठोस निर्णय लिने तयारी गरेका छन् ।
यसअघि तयार पारेको समानुपातिक सूचीमा शेखर– गगन समूहले विरोध गरेपछि देउवा सूची सच्याउन तयार भएका हुन् । उनीहरुले सूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए । बन्दसूचीमा कोइराला समूहलाई स्थान दिन देउवा तयार भएपछि कोइराला समूहको आज गर्ने भनिएको पार्टी कार्यलयको धर्ना पनि अनिश्चित बनेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार