नेपाली कांग्रेसको असन्तुष्ट पक्ष निरन्तर सम्पर्कमा रहेको एमालेको दावी, बन्दसूची सच्याउनेबारे देउवा र कोइरालाबीच छलफल हुँदै
नेपालबहस संवाददाता
असोज १२, २०७९ बुधबार १७:२७:४०
१२ असोज, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसको असन्तुष्ट समूह पछिल्ला राजनीतिक घटना क्रमका विषयमा निरन्तर सम्पर्कमा रहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास निकट मानिएका नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार सत्ता गठबन्धनको सीट भागबण्डाको अन्तिम निर्णय आउन्जेल एमाले पर्ख र हेरको अवस्थामा रहेको छ ।
एमालेले मंगलबार नै कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको सूचना बाहिर ल्याएको थियो । यता, कांग्रेसमा असन्तुष्ट रहेको भनिएको शेखर कोइराला समूहका नेताहरुले भने एमालेसँग निर्वाचनबारे कुनै छलफल नभएको जनाएको छ । पार्टीको आन्तरिक विवादलाई लिएर विपक्षी दलसँग छलफल गर्नुको अर्थ नभएको कोइराला समूहका नेताहरुको भनाई छ ।
यत, एमाले अध्यक्ष निकट नेताहरुले भने अहिले आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा एमाले रहेको र राप्रपा, लोसपासँग पनि सहकार्यका लागि छलफल चलिरहे पनि कांग्रेस असन्तुष्ट पक्ष्ँबाट अन्तिम निष्कर्ष नआएकाले के गर्ने भन्ने निर्णय नभइसकेको बताएका छन् । उनीहरुले कांग्रेसभित्र संस्थापनको पेलाइमा परेका र अन्यायमा परेको भन्ने साथीहरुसँग कुराकानी भइरहेको दावी गर्दै छलफलले मूर्त रुप लिन बाँकी रहेको बताएका छन् ।
नेपालबहससँगको कुराकानीमा ती नेताले भने, ‘एमाले अहिले गुटबन्दीमुक्त भएको छ । पार्टीमा पहिले संस्थागत गुटबन्दी रहेपनि अहिले माधव नेपाल, प्रचण्डहरू निस्केपछि पिलो निचोरेर फालेजस्तो भएको छ । आफ्नो सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाउने प्रवृत्तिको अवशेष देखिएको छ । एमालेमै रहेका केही कमरेडमा अझै पनि पुरानै रोग छ । स्थानीय तहको निर्वाचनमा ८५ पालिकामा पार्टीकै अन्तरविरोधका कारण हारेकाले यसपटक सुधार्नुपर्ने प्रयासमा छौँ । तर, कांग्रेसको असन्तुष्ट समूहसँग के हुन्छ यसै भन्न सकिने अवस्था छैन् ।’
कांग्रेसमा विद्रोहको अवस्था आए त्यसको फाइदा उठाउने पक्षमा एमाले छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले समाानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची सच्याउने र कोइराला समूहले दिएको नयाँ नामावली समावेश गराउने बताएकाले आज बस्ने पदाधिकारी बैठकले गर्ने निर्णयले नै कांग्रेसभित्रको विवादले कुन मोड लिन्छ भन्ने टुंग लगाउने छ ।
सभामानुपाति सूची सच्याउनेबारे बुधबार विहान सभापति देउवा र शेखर कोइरालाबीच छलफल भएको बताइएको छ । कोइरालासँग आन्तरिक सहमति गरेपछि अन्तिम निर्णय गराउने देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा एमालेसँग भएको छलफलका विषयलाई पनि उठाउने तयारी देउवा पक्षको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार
अन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
जेठ २०, २०८१ आइतबार