असन्तुष्ट पक्षका माग सम्बोधन गर्न देउवा तयार, उम्मेदवारको नामावली तयार गर्दै शेखर समूह
केदार भट्टराई (काका)
असोज १३, २०७९ बिहिबार १८:५:५४
१३ असोज, काठमाडौं । असन्तुष्ट समूहका माग सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएपछि कोइराला समूहका नेताहरु रणनीतिक छलफलमा जुटेका छन् । कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग बुधबार भएको छुट्टाछुट्टै छलफलपछि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले समानुपातिकतर्फको बन्दसूचीमा भएको त्रुटि सच्याउने र असन्तुष्ट पक्षका मागको उचित सम्बोधन गर्ने आश्वासन दिएपछि कोइराला समूहका नेताहरु रणनीतिक छलफलमा जुटेका हुन् ।
बुधबार कोइराला र थापासँग छुट्टाछुट्टै छलफल गरेका देउवाले आफ्नो पक्षका उम्मेदवारहरुको नामलिष्ट दिन भनेपछि यसैका लागि अहिले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापा र उपसभापति धनराज गुरुङ लिष्ट तयारीका लागि छलफल गरिरहेका छन् । उनीहरुले आजै आफ्नो पक्षका उम्मेदवारहरुको नामावली सभापति देउवालाई बुझाउने बताइएको छ ।
सभापति देउवाले दिएको आश्वासन कार्यान्यन हुने नहुने भने पक्का भइसकेको छैन् । उनले फेरी धोका दिएमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन पनि कोइराला समूहले आन्तरिक छलफललाई तीव्रता दिएको छ । समानुपातिक सूची सच्याउनुपर्ने, प्रत्यक्षमा कम्तिमा पनि ५० जनालाई टिकट दिनुपर्ने लगायतका विषयमा बुधबार देउवासँग छलफल भएको थियो ।
गत शनिबार उपसभापति धनराज गुरुङ आफैले सभापति शेरबहादुर देउवासँग समय मागी मध्यरातमा बालुवाटारमा भेटवार्ता गरि आफ्नो समुहको स्पष्ट अडान राखेका थिए । शेखर समुहलाई ४० प्रतिशत सीट नदिए परिणाम गम्भीर हुने उपसभापति गुरुङको चेतावनी र खबरदारी सभामार्फत नेता गुरुराज घिमिरेलगायतले कडा शब्दमा धम्क्याएपछि देउवा थप गलेका हुन् ।
सो समूहले आज (बिहीबार) विहान काठमाडौंमा चियापान समारोहको आयोजनासमेत गरेको थियो । चियापान समारोहबाट तीन नेता निस्किएर छलफलमा जुटेको बताइएको छ । यो समूहले सभापति देउवासँग प्रत्यक्षमा ५० र समानुपातिकमा ६१ सीटको दावी गरेको छ । प्रदेशमा पनि यहीअनुसार सीट दिनुपर्ने माग रहेको छ । तर सभापति देउवाले प्रत्यक्षमा ३८ र समानुपातिकमा ४१ सीट दिन भने राजी भैसकेकाे बुझिएकाे छ ।
यता, कांग्रेसभित्र उत्पन्न विवादलाई लिएर सभा गठबन्धनमा पनि बहस सुरु भएको छ । कोइराला समूहले गठबन्धनमा रहेका दलका नेताहरुसँग छलफल गर्दै उचित संख्या नपाए गठबन्धनलाई नसघाउने भन्दै अन्य दलमाथि दवाव बनाएपछि गठबन्धनभित्रै यस विषयले प्रवेश पाएको हो । कांग्रेसको असन्तुष्ट समूहले सीट बाँडफाँडमा आफ्नो समूहलाई नसमेटे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिएको छ ।
गठबन्धनका नेताहलाई दवाव दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँग असन्तुष्ट पक्षका मागका विषयमा छलफल गरेका थिए । उनीहरुले देउवालाई पार्टीको विवाद तत्काल मिलाउन दवाव दिएपछि देउवाले कोइराला र थापालाई छुट्टाछुट्टै भेटेर छलफल गरेका थिए ।
बुधबार बिहान कांग्रेस महामन्त्री थापाले खुमलटार पुगेर कांग्रेस विवाद र गठबन्धनमा पर्न सक्ने असरबारे प्रचण्डसँग छलफल गरेका थिए ।अध्यक्ष प्रचण्डले कांग्रेसको आन्तरिक विवाद र निर्वाचनमा गठबन्धनको विषयमा चासो राखेका थिए । पार्टीभित्रको आन्तरिक विवाद नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले राम्रो परिणाम नदिने भन्दै थापाले देउवासँग वार्ता गर्न प्रचण्डलाई दवाव दिएका थिए ।
भेटमा महामन्त्री थापाले गठबन्धनमा सहमति भएका भनिएका अधिकांश स्थान आफ्नो समूहले दाबी गरेका र जित्ने आधार भएका स्थान रहेकाले त्यसको असर निर्वाचनमा पर्न सक्नेतर्फ संकेत गरेका थिए । उनले कांग्रेस बलियो भएका क्षेत्रहरू माओवादी र एकीकृत समाजवादीलाई दिइएको भन्दै यसलाई सम्बोधन नगरी जाँदा निर्वाचनमा असर देखिन सक्ने तर्फ प्रचण्डलाई सचेत गराएका थिए ।थापासँगको भेटपछि प्रचण्ड र देउवाबीच भएको छलफलमा पनि देउवाले आफूले पार्टीको आन्तरिक विवाद मिलाएर जाने भन्दै गठबन्धनमा कुनै असर नपर्ने जनाएका थिए ।
प्रचण्डसँगको भेटपछि देउवाले महामन्त्री थापालाई बालुवाटारमा बोलाएर आफू पार्टीभित्रको समस्या समाधान गरेर जान तयार रहेको भन्दै गठबन्धनलाई असर पर्ने गतिविधि नगर्न सचेत गराएका थिए । जवाफमा महामन्त्री थापाले आफ्नो समूहलाई निर्वाचनमा न्याय नगरे अपेक्षाकृत परिणाम नआउने भन्दै अडान कायम रहेको बताएका थिए । असन्तुष्ट समूहका नेतासँगको भेटमा देउवाले सबै पक्षलाई मिलाएर लान आफू तयार रहेको बताएपछि कोइराला समूह आन्तरिक छलफलमा लागेको हो ।
समानुपातिकको बन्दसूचीको विषयलाई लिएर पछिल्लो समय इतर समूहले दवावमूलक गतिविधि गर्दै आएको छ । यसैको निरन्तरतास्वरूप बुधबार इतर समूहका दोस्रो तहका नेताहरूको सहभागितामा पार्टी कार्यालय सानेपामा एक घन्टा मौन धर्ना भएको थियो । आजको चियापान पनि यसैको निरन्तरता भएको बताइएको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार