कांग्रेसमा असन्तुष्ट पक्षको आज अन्तिम अल्टिमेटमः बिद्रोह भए देउवा शुन्य, ओली मालामाल !
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १४:४५:३२
१५ असोज, काठमाडौं । संस्थापन पक्षका कारण नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । समानुपातिक र प्रत्यक्षतर्फ आज शनिबारभित्र सम्मानजनक भाग नपाए असन्तुष्ट भनिएको डा. शेखर कोइराला समूहले चुनाव बहिस्कारसम्मको विद्रोह गर्ने रणनीति बनाएको छ । कांग्रेसभित्रको विद्रोहले सत्ता गठबन्धन विभाजन गर्न नसकेको एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओली मालामाल हुने देखिएको छ ।
कांग्रेस विद्रोहले सत्ता गठबन्धनमा रहेका दलहरुलाई समेत प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ । कांग्रेस संस्थापन समूहले कोइराला समूहका मागलाई सम्मानजनक ढंगले सम्बोधन नगरे गठबन्धनलाई नसघाउने निश्चित छ । यो विवादले गठबन्धनमा रहेका दलहरुमा समेत विभाजन आएर कांग्रेस संस्थापन समूह एक्लै चुनावमा जानुपर्ने अवस्थासमेत खडा गर्ने देखिएको छ ।
कांग्रेसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट वितरण गर्न खोजेको भन्दै कोइराला नेतृत्वको समूहले विरोधका कार्यक्रम घोषण गरेको छ । कोइराला समूहले पार्टीभित्र सबै नेता–कार्यकर्तालाई योगदानमा आधारित भएर समान अवसर र न्यायपूर्ण व्यवहार गर्न माग गर्दै विरोध र धर्नाका गतिविधि गर्न थालेपछि कांग्रेसमा अन्तरद्वन्द्व चुलिएको हो ।
कोइराला समूहले समानुपातिकतर्फको सूची सच्याउनुपर्नेदेखि प्रत्यक्षतर्फको टिकट वितरण न्यायोचित हुनुपर्नेसम्मका माग राखेको छ । दुई सातायता दिनहुँजसो गुटगत बैठक, छलफल र विरोधसभा गरिरहेका नेता–कार्यकर्ताले संस्थापन पक्षप्रति आक्रोश पोखेका छन् । कोइराला समूहले पार्टीभित्र अवसरको बाँडफाँट र वितरण गर्दा सभापति देउवाले महाधिवेशनमा आफूलाई भोट हाल्नेलाई प्राथमिकता दिएको बताएको छ ।
देउवाले समानुपातिक बन्दसूची सच्याउने र प्रत्यक्षतर्फको टिकट वितरणमा समेत मिलाएर अघि बढ्ने बचन दिएका थिए । तर, शुक्रबारसम्म माग सम्बानेधनका लागि कुनै प्रयास भएन् । देउवाले सम्बोधन गर्ने आश्वासन दिएपछि नेता कोइराला आशावादी देखिएका थिए । तर महामन्त्री थापासहित दोस्रो पुस्ताका नेताहरू देउवाले आस देखाउने, काम नगर्ने भन्दै विद्रोहको तयारीमा जुट्नुपर्ने पक्षमा देखिएका छन् ।
महामन्त्री थापाले शुक्रबार सार्वजनिक रूपमै सभापति देउवाप्रतिको त्यस्तो निराशा पोखे । उनले चुनाव जित्नकै लागि मात्रै हुन लागेको गठबन्धन निरर्थक रहेको दाबी गरे । महामन्त्री थापाले परिणाममुखी राजनीतिका लागि अहिले पार्टी भित्रै विद्रोह गर्नुपर्ने परिस्थिति बनिरहेको बताएका थिए । कोइरालाले सभापति देउवासँग आफूले निश्चित प्रतिशत वा सीट संख्या पाउनुपर्ने भनेर भागबन्डा गर्न भनेका छैनन् तर उनी पक्षीय नेताहरूले भागबन्डा मागेर जानुपर्ने भन्दै कोइरालामाथि दवाव बनाइरहेका छन् ।
गठबन्धनमा पनि कांग्रेसले ८५ सीट लिए आफूहरूले कम्तीमा ३५ सीट पाउनुपर्ने कोइराला समूहका नेताहरूको भनाइ छ । कोइराला समूहबाट नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डेलगायत केही नेताबाहेक सबैजसो नेताहरूको टिकट जोखिममा देखिएपछि आगामी चुनावमा कांग्रेसभित्र विद्रहको सम्भावना थप बढाएको छ ।
कांग्रेसको विधानअनुसार केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्छ । संसदीय समिति नै अपुरो छ । २५ सदस्य हुनुपर्ने समितिमा अहिले १४ जना मात्रै छन् । सभापति देउवाले पदाधिकारीबाहेक रामचन्द्र पौडेललाई मात्रै समितिमा मनोनीत गरेका छन् । तर, सभापतिका प्रत्यासी कोइरालालाई राखेका छैनन् ।
यता, नेकपा एमालेका अध्यक्ष ओलीले पनि का्रग्रेसमा विद्रोह चाहेका छन् । कांग्रेसमा विद्रोह भए गठबन्धनमा रहेका दलहरुले चुनावमा राम्रो नतिजा लइाउन नसक्ने र यसको फाइदा एमालेलाई हुने अनमान ओलीको छ । उनले औपचारिक रुपमा कांग्रेसको असन्तुष्ट समूहसँग मिलेर निर्वाचनमा जाने बताइसकेका छन् । उनले राप्रपा र लोसपासँग पनि यही कारणले चुनावी सहकार्यको अन्तिम निर्णय लिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार