बाँकेका आठ वटै नाका एक सातादेखि तस्करीका लागि खुला !
नेपालबहस संवाददाता
असोज २०, २०७९ शुक्रबार ०:५०:१७
२० असोज, काठमाडौं । दशैको मुखमा कसैको पनि आँखा नपर्ने भएपछि बाँके बर्दिया लगायत नेपाल भारत सीमा क्षेत्र तस्करीका लागि खुला भएका छन् । दशैको एक सात अघिबाटै तस्करीको लागि खुला भएका सीमा क्षेत्र अहिलेसम्म कायमै छ । सशस्त्र प्रहरीका एक जना सुरक्षाकर्मी सिमानाकामै ड्युटी बस्ने तर उनले सूचना मात्रै दिने भएकाले सशस्त्रकै मिलेमतोमा सीमा नाका कटाउन सहजीकरण गरिएको छ ।
सिमापारी भारततर्फबाट मोटरसाइकल, टाँगा, साईकलमा अबैध सामान नेपाल तर्फ तस्करी गराइएको हो । कटकुइँया, नरैनापुर, गंगापुर, खडैँचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैया गरी ८ वटै बीओपीहरु सिमा नाका खुला भएका छन् । ‘ सेटिङ बाहेक कुनै बेला सशस्त्र प्रहरीले सामान देखे सशस्त्र प्रहरी कहाँ आएर सामान पास गराउन बार्गेनिङ सुरु गर्छन् सशस्त्र प्रहरी र तस्करबीच केहीबेरसम्म पैसामा बार्गेनिङ चल्छ त्यसपछि सशस्त्र प्रहरीले वरपरको ‘साईड क्लियर’ गर्छन् र तस्करीलाई सामानसहित नेपाल प्रवेश गर्न अनुमति दिन्छन्’, स्रोतले भन्यो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल–भारत अवैध नाकाबाट यस्तो काम भैरहेको स्रोतले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट यसरी नै दैनिक रुपमा सशस्त्र प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल भित्रिएका हुन् । स्थानीयका अनुसार उक्त नाकामा सशस्त्र प्रहरीले मात्र आफ्ना कर्मचारीलाई ड्युटीमा खटाउने र सेटिङ मिलाउने गरेका हुन् ।
सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेपनि सशस्त्र प्रहरीका बागेश्वरी गणका जनकराज बस्नेतकै मिलेमतोमा यस्तो काम भएकाले त्यहाँबाट तस्करीको लाइन खुलाइएको हो । ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ,’ स्रोतले भन्यो ‘माथिको आदेश भन्दै सामान छाडिएको छ । ’शिवपुरी नाका जस्तै जिल्लाका विभिन्न अवैध नाकाबाट पनि भन्सार छलेर सामान तस्करी हुने गरेको छ । नेपाल–भारत सिमा नाकाबाट सामान तस्करी भइरहँदा पनि रोकिएको छैन ।
अधिकांश स्थानमा सिमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीले नै तस्करलाई पहरा दिने गरेको स्थानीयको भनाइ छ । सरकारले सिमा र भन्सार सुरक्षा गस्ती गर्न सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बाँकेका सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले नै तस्करीलाई मलजल गरिरहँदा पनि सशस्त्र मुख्यालय मौन रहेको छ । ‘सिमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी कै मिलेमतोमा खुलेआम सामान तस्करी भइरहेको छ, तस्करी रोक्ने अब कस्ले?’ हिरमिनियाका एक स्थानीयले भने । सशस्त्र प्रहरीले नेपाल–भारत जमुनाहा नाकामा मात्र नभएर अन्य थुप्रै अवैध नाकाबाट दिनहुँजसो नेपालतर्फ सामान ल्याउने गरिएको छ । तस्करसँग सेटिङ मिलाएर सशस्त्र प्रहरीका उच्च अधिकारीको मिलेमतोमा सामान निर्वाध रुपमा भित्रिरहेको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ । त्यसरी सामान सप्लाई गरिदिए वापत सशस्त्र प्रहरीका जुनियरदेखी सिनियर अधिकारीलाई तस्करले मासिक रुपमा रकम बुझाउने गरेका छन् । यससम्बन्धमा केन्द्रीय प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बाहिरी जिल्लाको कुरा थाह नपाएको बताए । उनले सीमामा तस्करी रोक्ने काम भैरहेको दावी गरे ।
‘सरकारले विश्वास गरेर सुरक्षा गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ, तर यिनीहरु नै इमान्दार भएनन्, जसले गर्दा राज्यलाई करोडौंको राजश्व घाटा भइरहेको छ,’ स्थानीय भन्छन । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) जनकराज बस्नेत तस्करी नभएको भन्दै पन्छिए ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पनि यसबारेमा जिल्लामा बुझन्ुस भन्दै पन्छिन खोजे । ‘त्यहाँ हाम्रो गण छ त्यताबुझनु होला, नत्र केन्द्रीय प्रवक्तालाई सोध्नु होला यसबारेमा मलाई थाह हुँदैन’, डिएसपी थापाले ठाडो जवाफ दिए ।
सिमापारी भारतीय बजारबाट मालबाहक सवारी साधन, साइकल, मोटरसाइकल, अटोरिक्सा, लगायत सवारी साधनमार्फत तस्करले खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, मोटर पार्ट्स लगायत भन्सार छलेर ल्याउने गरेका छन् । ‘सुरक्षाकर्मीले नै पहरा दिएर तस्करहरुको सामान नेपालतर्फ प्रवेश गराउँछन्, कहिले काही बार्गेनिङ नमिलेपछि सामान बरामद गरेको भनि प्रचार गर्छन्,’ सशस्त्र प्रहरीकै एक अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार