आजदेखि सूर्य नेपाल गल्फ टुर सुरु, आठ प्रतियोगिता हुने
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:४९:१६
२० मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुरको यस सिजनको पहिलो प्रतियोगिताको रूपमा सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु भएको छ । चार दिने स्पर्धा रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गर्दै टुरमा हुने प्रतियोगिताको मिति सावर्जनिक गरेको छ । यस सिजन सूर्य नेपाल गल्फ टुरमा आठ प्रतियोगिता हुनेछन् ।
त्यसमा काठमाडौं ओपनसहित सूर्य नेपाल इस्टर्न ओपन ‘२१–२४ डिसेम्बर’, सेन्ट्रल ओपन ‘१६–१९ जनवरी’, एनपीजीए म्याच प्ले ‘१–३ फेब्रअरी’, वेस्टर्न ओपन ‘२२–२५ फेब्रुअरी’, सूर्य नेपाल च्यालेन्ज ‘१४–१७ मार्च’ एनजीपीए टुर च्याम्पियनसिप ‘१२–२१ अप्रिल’ र सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप ‘८–१२ मे’ रहेका छन् । सबै प्रतियोगिताको गरी ६१ लाख ८५ हजार रुपैयाँ रहेको एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।
आरएनजीसीमा मंगलबार सुरु हुने काठमाडौं ओपनमा ३१ व्यावसायिक र शीर्ष स्तरमा ५ एमेच्योर खेलाडीले भाग लिने अध्यक्ष रवीन्द्रमान श्रेठले जानकारी गराए । उनका अनुसार नेपालका नम्बर एक तथा प्रोफेसनल गल्फ टुर इन्डियामा खेलिरहेका शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, सञ्जय लामा, रामे मगर, रवि खड्कालगायतले प्रतिस्पर्धा गर्नेछन् ।
कुल ६ लाख ७० हजार पुरस्कार राशिको काठमाडौं ओपनमा विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुने ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ स्थानका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
अध्यक्ष श्रेष्ठले सूर्य नेपाल गल्फको यो १५ औं संस्करण रहेको बताउँदै यस वर्ष पुरस्कार राशिमा ५ प्रतिशत वृद्धि गरिएको बताए । प्रतियोगिता सूर्य नेपाल प्रालिले प्रायोजन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगालदेश जाने कबड्डी टोलीको बिदाइ
जेठ १०, २०८१ बिहिबार
गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
जेठ १०, २०८१ बिहिबार
भक्तपुरको बेखालमा भव्य टेबुल टेनिस कभर्ड हल निर्माण
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार