प्रकट पगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार १६:३:२६
३० असोज, पोखरा । गीतकार प्रकट पगेनी ‘शिव’ गीतकार सम्मान(२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पगेनीलाई सम्मान गरेको हो ।
नगद ५ हजरा ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पगेनीलाई प्रदान गरे । सम्मान ग्रहण गरेपछि पगेनीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि आफ्नो सर्वप्रिय विधा गीत नै भएको जनाए ।
सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा(जाँदा दोबाटोमा’ नामक गीत सङ्ग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू ९गजल सङ्ग्रह० र अक्षरभरि अक्षता ‘कविता सङ्ग्रह’ उनका प्रकाशित कृतिहरू हुन् । पगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सरुभक्तले जुनसुकै विधामा कलम चलाए पनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । साहित्यका अन्य विधामा जस्तै गीत गरिने ‘प्रयोग’ स्वीकार्य हुनुपर्ने भन्दै उनले गीतको क्षेत्र व्यापक रहेको बताए । नेपाली गीति साहित्यको मौलिकता लोकगीतमै रहेको भन्दै उनले कसैले बनाएको निश्चित ‘फर्म्याट’मा मात्रै गीत लेखिनुपर्ने मान्यताबाट माथि उठ्नुपर्ने बताए ।
साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नुपर्ने अवस्था रहनु बिडम्बना रहेको धारणा राखे । गीतको जननी गीतकार नै भएको भन्दै कुनै गायकरगायिकाको नाम लिएर तिनकै गीत भनिने प्रचलनप्रति असन्तुष्टि राखे । गायकरगायिकाले मञ्चमा गायन प्रस्तुत गरेबापत पाएको पारिश्रमिकको केही अंश गीतकार र सङ्गीतकारलाई पनि दिनुपर्ने उनको माग थियो ।
गीतकारहरूले पनि गीत रेकर्डका लागि कसैको पाउ पर्ने प्रवृत्तिबाट टाढिएर स्वाभिमानपूर्वक लेखनमा लाग्नुपर्नेमा उनको जोड थियो । गीत गेय विधा भए पनि वाचनकै माध्यमबाट पनि दर्शकरस्रोतालाई रसास्वादन गराउन सकिने भनाइ उनले राखे । स्मरण रहोस्, नेपालमै पहिलो पटक गीतकार प्रतिष्ठानले श्रेष्ठको एकल गीत वाचन सम्पन्न गरिसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुराग अधिकारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । कार्यक्रममा आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँका अध्यक्ष आकाश अधिकारी, कलाकार कृष्ण मर्सानी, मनु शर्मालगायतले शुभकामना दिएका थिए । सोही अवसरमा ३० जनालाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । उपाध्यक्ष शीतल गिरीको स्वागत र सचिव अनुराग अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार