सशस्त्र बीओपीद्धारा अवैध कुखुरा नष्ट, तस्करी नियन्त्रणमा सक्रिय
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १७:५८:२७
३१ असोज, सर्लाही । आसन्न चुनावको तयारीमा सुरक्षा निकायको ध्यान गईरहेका बेला सीमावर्ती नाकाहरुमा तस्करहरु सल्बलाई रहेका छन् । तस्करीमा संलग्नहरुले यही बेला ‘ईधरका माल उधर र उधरका माल इधर’ गर्ने काममा तीव्रता दिईरहेका बेला सीमा नाकामा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल संग्रामपुर बीओपी पनि थप सक्रिय हुन थालेको छ ।
चुनावमा शान्ति सुरक्षाका साथसाथै छिटफूट हुने तस्करी नियन्त्रणतर्फ पनि बीओपी संग्रामपुर सक्रिय भएको हो । यसै मेसोमा अवैध रुपमा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको कुखुरा सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।
संग्रामपुर बीओपीबाट मोवाइल गस्तीमा खटिएको टोलीले आज बिहान ८ बजे सर्लाहीको पर्सा गाउँपालिकास्थित पर्सा बोर्डरमा एउटा मोटरसाइकलले १०६ पिस अवैध कुखुरा नियन्त्रणमा लिई खाल्टो खनेर नष्ट गरेको बीओपी ईञ्चार्ज सुदीप खतिवडाले नेपालबहसलाई जानकारी दिए । नष्ट गरिएको कुखुराको तौल ३८० केजी रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार