एनआरएनएले गर्यो स्वर्णधारी दुई खेलाडीलाई सम्मान
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १८:४९:६
३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी संघले खेलाडीद्वयलाई सम्मान गरेको हो ।
संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।
संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनसम्पर्क समिति डेनमार्कमा सहमति अनुरुप नेतृत्व हस्तान्तरण गर्न आनाकानी
जेठ २०, २०८१ आइतबार
बैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
जेठ १७, २०८१ बिहिबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार