दुर्गम गाँउका कुरा ठुला, छैनन डाक्टर हातखुटटा लुला
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २३:४२:३३
♦ दीपक शर्मा
१५ कार्तिक, हुम्ला । हुम्लाको अदानचुली गाँउपालिकामा एक सुत्केरी महिलाले समयमै उपचार नपाउदा मृत्युवरण गर्नु परेको छ । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । अदानचुली गाँउपालिका ५ काँखे गाँउ निवासी रङ्गिता शाहीको घरमै मृत्यु भएको हो । सोमबार विहानै बेथा लागेर घरमै दोस्रो सन्तानको रुपमा छोरीलाई जन्मदिएकी शाहीको लामो समय सम्म साल नझरेका कारण लगातार व्लडिङ् हुदा मृत्यु भएको आफन्तले बताएका छन ।
घरमै बच्चा जन्माए पछि साल झर्ला भनेर घरममै राखेको रातिको समय सम्म पनि पर्खादा साल नझरेपछि विहानै स्वास्थ्य चौकि लैजाने तयारी भएपनि नजिक नभएका कारण उज्यालो भएपछि लैजाने भन्ने गाँउघरमा छलफल हुदै गर्दा उनको मृत्यु भएको हो ।
गाँउपालिका अध्यक्ष मोहन विक्रम शिहले नेपाल बहस संग कुरा गर्दै पालिकाले नागरिकको स्वास्थ्यका विषयमा गम्भिर बनेको बताए । उनका अनुसार जनचेताको कमि , तथा गर्भवति भएपछि अपनाउनु पर्ने साबधानी तथा समय समयमा स्वास्थ्य चौकिमा गएर वच्चाको र आमाको अवस्था बुझने काम नभएका कारण् यस्ता खालका घटना हुने गरेको बताए । साथै उनले स्वास्थ्य शाखाबाट समयमै जनचेताको लागी कार्यक्रहरु नचलाउदा यस्ता घटना हुने गरेको नेपाल बहसलाई बताए । अदानचुली गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख हंस महतराले कम उमेरमा विवाह गर्नु र चाडै बच्चा जन्माउनु आमा र वच्चाका लागी जोखिम भएको बताउदै मृतक सुत्केरी महिला १९ वर्षको भएको र उनले दोस्रो सन्तानलाई जन्मदिदा साल ननिस्किएका कारण मृत्यु भएको बताए ।
नेपाल बहस संग कुरा गर्दै उनले विहानै देखि बेथा लागेको भएपनि नजिकै करिब १ किलो मिटरको दुरीमा रहेको स्वास्थ्य चौकीमा नलगेको र बेलुकी पख वच्चा भएपछि राति सम्म पनि साल नखसेपछि विहान उज्यालो भएपछि अस्पताल लैजाने घरको सल्ला भएको तर दुर्भाग्य सुत्केरीको मृत्यु भएको बताए । घर नजिकै स्वास्थ्य चौकि भएपनि बाटो अप्ठेरो भएका कारण समयमै अस्पताल ल्याउन नसकेका कारण ज्यान गएको उनले बताए ।
त्यसो त पालिकामा दक्ष स्वास्थ्यकर्मिको अभाव रहेको छ त्यसमा पनि रातिको समयमा सुत्केरी महिलालाई अस्पताल सम्म लैजनाको लागी भिर पाखा भएका कारण पनि यस्तो समस्या हुने गरेको उनले बताए । केहि दिन पहिले पनि यस्तै समस्या देखिएको थियो समयमै स्वास्थ्य चौकिमा आएपछि आफुहरुले तत्कालै हेलिकप्टर मार्फत जिल्ला बाहिर पठाएको उनले बताए । त्यसो त ग्रामिन भेग त्यसमा झन लापरवाहिका कारण पनि यस्ता घटना हुने गरेको छ ।
कम उमेरमै विवाह हुनु र आमा बन्नु आमा र वच्चा दुवैका लागी जोखिम हो भन्ने सन्देश गाँउ घरमा प्रभावकारी रुपमा बुझाउन नसक्नु पनि एउटा कारण मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार