मुक्तिनाथ विकास बैंकद्धारा कर्जा मिनाहा, साँवा र ब्याज फिर्ता
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १९:३७:५१
१८ कात्तिक, स्याङ्जा । मुक्तिनाथ विकास बैंकले कर्जा लिएका सदस्यको कर्जा मिनाहा गरेको छ । बैंकले स्याङ्जाको अर्जुनचौपारी शाखा अन्र्तगत लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्युपछि कर्जा मिनाहा गरेको हो ।
बैंक मार्फत कर्जा लिएका अर्जुनचौपारी गाउँपालिका १ रैतेका डिलमाया विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा गरेको बैंकले जनाएको छ । एक लाख ५० हजार कर्जा लिएका सदस्यको तिर्न बांकी साँवा, व्याज र तिरि सकेको साँवा र ब्याज समेत फिर्ता गरेको छ ।
कर्जा लिएर तिर्न बाँकी रहेको साँवा र ब्याज ६ हजार ७ सय ६ रुपैयाँ सहित तिरी सकेको साँवा र ब्याज रकम १ लाख ६६ हजार ५ सय २० रुपैयाँ तथा काजक्रिया खर्च स्वरुप ७ हजार ५ सय गरी १ लाख ८० हजार ७ सय २६ रुपैयाँ मृतकका पति ठाकुर विश्वकर्मालाई हतान्तरण गरेको बैंकले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा वापत फिर्ता गरेको तथा तिर्न बाँकी साँवा र ब्याज रकम फिर्ता गरी मिनाहा गरिएको बैंकका अर्जुनचौपारी शाखा प्रमुख निर्मल मरासिनीले बताए । लद्युवित्त मार्फत कर्जा लिएका सदस्यको मृत्यु भएमा कर्जा रकम मिनाहा गरी काजक्रिया खर्च समेत बैंकले दिने गरेको मरासिनीले जानकारी दिए ।
मृतक विश्वकर्माका परिवारलाई रकम हतान्तरण कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रणबहादुर थापा र मुक्तिनाथ विकास बैंक स्याङ्जाका अनुगमन अधिकृत बालकृष्ण रेग्मीले समग्रहमा हेर्दा बैंक नाफामुखी भएपनि समस्या आईपर्दा सेवाग्राहीको सारथी बन्ने गरेको बताए ।
२०६३ देखि “जनता बैंमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल नारा सहित आधुनिक, लद्युवित्त र सिमित बैंकिङ कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले स्थापना कालदेखि लद्युवित्त मार्फत विपन्न तथा महिलाको आर्थिक विकास टेवा पु¥याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार