गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर दिने
नेपालबहस संवाददाता
कात्तिक २५, २०७९ शुक्रबार १७:२४:२८
२५ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गतवर्षको मुनाफा तथा सेयर प्रिमियमबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो।
बैंकको हाल चुक्ता पुँजी ४ अर्ब ५९ करोड रुपैयाँ छ। यसको १३ प्रतिशत बराबर बोनस सेयर दिने भएको हो। अब बैंकको चुक्ता पुँजी ५९ करोड ६८ लाख रुपैयाँले बढ्ने छ। बैंकले १.५० प्रतिशत नगद लाभांशसमेत दिने छ। यो नगद कर प्रयोजनका लागि समेत हो। नगद लाभांशबापत बैंकले ६ करोड ८८ लाख रुपैयाँ वितरण गर्ने छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्बनिक्षेप संकलन गरी ६३अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएमएवं डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार