महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार र स्वास्थ्य सेवामा छुट
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १७:२१:५७
२९ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायत क्षेत्रमा विभिन्न छूट सुविधा पाउने भएका छन् । बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यसबारे सम्झौता गरेको हो । सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले यस्तो सम्झौता गरेको बताएको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’का सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने छ ।
कुन्दलिनी आयुर्वेदाका ग्राहकले अधिकतम २० प्रतिशत छुट पाउने समेत कमपनीले जनाएको छ । सुबाकी ब्युटी सैलुनमा १० प्रतिशत, क्रिस्टल डाइग्नोस्टिकको सेवामा अधिकतम २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । यस्तो सेवा बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार