मंसिर १० गते ‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणको अडिसन हुँदै
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १८:१४:३०
२९ कात्तिक, इटहरी । विगतमा सफल रुपमा संचालन भएको बालबालिकाको सौन्दर्यता र क्षमता प्रष्फुटनमा आधारित सौन्दर्य प्रतियोगिता ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केबलले मुख्य प्रायोजन गर्ने भएको छ ।
यो प्रतियोगिताको पहिलो अडिसन आगामी मंसिरको १० गते सनिवार हुदैछ । बिर्तामोडको सनिश्चरे रोडमा अवस्थित सरगम संगीतालयमा दिनको १ बजेदेखि ५ बजेसम्म अडिसन समय तोकिएको छ ।बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्य रहेको आयोजक साईमन राजबंशिले बताए । प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने राजबंशिको भनाइ छ ।
बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पुर्वान्चल लिटिल स्टार’ को ३ ओटा संस्करण सफलतापुर्बक सम्पन्न गरिसकेको छ । यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ ।
हाल गर्न लागिएको ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करणमा आवेदन फारम ५०० तथा तालिम शुल्क १५ हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । त्यस्तै बिजेता तथा उप-बिजेताहरुले ३ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् । साथै अन्य आकर्षक पुरस्कार तथा अवार्ड र क्राउन प्रदान गरिने छ । यसमा तेश्रो संस्करणका सहभागीहरुलाई पनि फिचर्ड गराइने साइमनको भनाइ छ ।
जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । भिडियोको केही प्रतिशत छायांकन पनि सम्पन्न भैसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको यसअघिका सम्पुर्ण संस्करणको कोरियोग्राफी गरेकी छन् ।
यो कार्यक्रमको निर्देशक समेत रहेका साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् । उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् ।
‘पुर्वान्चल लिटिल स्टार’को अफिसियल भिडियोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’, फोटोग्राफी पार्टनर क प्रोडक्सन रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल भिडियोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, सुर्योदय टेलिभिजन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् ।
त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि-सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास-कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ । सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार