मौद्रिक नीतिको त्रैमासिक समीक्षाको पर्खाइमा बजार
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १६:४८:५८
६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको शेयरबजार आज मगलबार खुल्ने भएको छ । चुनावी परिणाम आउँदै गर्दा खुल्ने शेयरबजारले दिने परिणामसँगै शेयरबजारको प्रवृत्तिबारे सर्वसाधारणको चासो छ ।
निर्वाचनअघि शेयरबजार नेप्से परिसुचकमा बढ्दो प्रवृत्ति देखिएको थियो । चुनावपछि पनि त्यहीँ प्रवृत्तिले निरन्तरता पाउने आधार बलिया देखिन्छन् ।
विश्व बजारमै एउटा भाष्य छ, वामपन्थी नेतृत्व शेयरबजार प्रति उदार हुँदैनन् । नेपालमा पनि विगतमा शेयरबजारले त्यस्तै प्रवृत्ति देखाउँदै आइरहेको छ । ०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिको शेयरबजारमा नेप्से घट्ने प्रवृत्ति देखिएको थियो । तत्कालीन समयमा वामपन्थी दलहरुको सरकार बन्ने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भई नेप्से खस्किएको टिप्पणी गरिएको थियो ।
तर, यसपालीको मतपरिणाम भने फरक देखिने आकलन भइरहँदा शेयरबजारले कस्तो प्रतिक्रिया देखाउला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने ससदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आकलन छ ।
जुन शेयरबजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक सक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता सशकित छन् ।
तर, निर्वाचनपछि बजारमा पैसाको आपुर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा शेयरबजारलाई बढाउन सघाउ पुर्याउने आकलन गरिएको छ ।
त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योगव्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आकलन गरिएको छ ।
सेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज शेयरबजारको पहिलो कारोबार हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने
बैशाख १६, २०८१ आइतबार
काठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
बैशाख १६, २०८१ आइतबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार