कर्णालीमा एमाले र सुदुरपश्चिममा माओवादी शून्य, कांग्रेसको ‘कमब्याक’
कुसुम सेञ्चुरी
मंसिर ११, २०७९ आइतबार १७:३४:५७
११ मंसिर, काठमाडौं । बाम गठबन्धन गरेर तत्कालीन एमालेले अघिल्लो पटक कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा बलियो उपस्थिति जनाएको थियो । तर मंसिर ४ को निर्वाचन परिणामले भने दुवै प्रदेशमा एमालेका सबै किल्ला भत्काएर नेपाली कांग्रेसलाई ‘कमब्याक’ गराएको छ । यसपटक एमाले कर्णाली प्रदेशमा शून्य भएको छ भने सुदूरपश्चिममा माओवादी केन्द्र शुन्य भएको छ ।
सुदूरपश्चिमका १६ सीटमध्ये सत्ता गठबन्धनमा सीट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलाली ३ र २ कञ्चनपुर १ र बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जीत निकाल्न सकेन । उसको संगठन कमजोर भएकै कारण जीत निकाल्न नसकेको विश्लेषण गरिएको छ ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर १ र बैतडीमा एमालेले जितेको छ । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीको विजय भएको छ । कैलाली ३ मा माओवादीले संविधानसभा सदस्य कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको थियो ।
तर नवजात नागरिक उन्मुक्ति पार्टीका अगाडि चौधरीको सीप चल्न सकेन । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजय भएका छन् । यहाँ माओवादीले भगतबहादुर बडुवाललाई उम्मेदवार बनाएको थियो । कञ्चनपुर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी भएका छन् । बैतडीमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका दामोदर भण्डारी विजयी भए ।
सुदूरपश्चिममा बरु नेकपा एकीकृत समाजवादीले पाएका सिटमा सतप्रतिशत जीत निकालेको छ । एसबाट डोटीमा प्रेम आले, बझाङबाट भानुभक्त जोशी र अछाम १ बाट शेरबहादुर कुँवर विजयी भएका छन् । सुदूरपश्चिममा माओवादी निल हुँदा कर्णालीमा एमालेको हालत पनि उस्तै छ । एमालेले प्रतिनिधिसमाभा कर्णालीका सबै सीटमा उम्मेदवार खडा गरेको थियो । तर एक सीटमा पनि जित निकाल्न सकेन ।
अहिलेसम्म प्राप्त मत हेर्दा यी ठाउँमा पनि एमालेले जीत निकाल्न सक्ने सम्भावना कमजोर देखिएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही विजयी हुनुबाहेक अरु क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हुम्ला, कालीकोट र मुगुमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजय भएका छन् । तर मतको आधार हेर्ने हो भनेचाहि एमाले कमजोर देखिएको छैन । हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५१ स्थानमा जीत हात पारेर अग्रस्थानमा छ । अझै चार स्थानमा कांग्रेसको अग्रता कायमै छ ।
दोस्रोमा रहेको नेकपा एमालेले ३८ स्थानमा जीत हासिल गरेको छ । १७ स्थानमा जित्दै माओवादी तेस्रो हुँदा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फका १० स्थानमा जीत हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित्दा राप्रपाले ६ सीटमा जितेको छ । तर समानुपातिकक तर्फको मतमा भने सुदुरपश्चिममा नेकपा एमाले बढी ल्याएको छ । दोस्रोमा कांग्रेस रहेको निर्वाचन आयोगले जनाएको छ ।
कर्णाली प्रदेश
डोल्पा–धनबहादुर बुढा, एकीकृत समाजवादी
रुकुम पश्चिम–जनार्दन शर्मा, माओवादी
सल्यान–प्रकाश ज्वाला, एकीकृत समाजवादी
सुर्खेत
१.पूर्णबहादुर खड्का, नेपाली कांग्रेस
२. हृदयराम थानी, नेपाली कांग्रेस
जजरकोट शक्तिबहादुर बस्नेत माओवादी केन्द्र
जुम्ला
ज्ञानबहादुर शाही, राप्रपा
दैलेख
१.अमरबहादुर थापा, एकीकृत समाजवादी
२.दिक्पालकुमार शाही, नेपाली कांग्रेस
कालीकोट
महेन्द्रबहादुर शाही, माओवादी केन्द्र
मुगु
ऐनबहादुर शाही ठकुरी, नेपाली कांग्रेस
हुम्ला
छिरिङ डम्डुम लामा, माओवादी
सुदूरपश्चिम प्रदेश
बाजुरा मतगणना नै नभएको–कांग्रेसको उम्मेवार
अछाम
१.शेरबहादुर कुँवर, एकीकृत समाजवादी
२.पुष्पबहादुर शाह, नेपाली कांग्रेस
कैलाली
१.रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ती
२.अरुणकुमार चौधरी, नागरिक उन्मुक्ती
३.गंगाराम चौधरी, नागरिक उन्मुक्ती
कञ्चनपुर
१. तारा लामा, एमाले
२. एनपी साउद, नेपाली कांग्रेस
३.रमेश लेखक नेपाली काग्रेस
डोटी
प्रेमबहादुर आले, एकीकृत समाजवादी
डडेलधुरा
शेरबहादुर देउवा, नेपाली कांग्रेस
बझाङ
भानुभक्त जोशी, एकीकृत समाजवादी
बैतडी
दामोदर भण्डारी, एमाले
दार्चुला
दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेस
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार