सार्वजनिक बाटो अतिक्रमण गरि भट्टराईले बनाए अलिसान बंगाला, मेयरले दिए स्वीकृति
नेपालबहस संवाददाता
मंसिर ११, २०७९ आइतबार २३:२८:१०
११ मंसिर, लालबन्दी । ‘रक्षक नै भक्षक’ भए के होला ? यस्तै घटना भएको छ, लालबन्दी नगरपालिकामा । सार्वजनिक सम्पत्ति, बाटोघाटो लगायत स्थानीय स्रोत साधनको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले पाएको छ । तर, लालबन्दी नगरपालिकाले भने आफूले संरक्षण गर्नुपर्ने बाटोलाई व्यक्तिको नाममा सारेको पाइएको छ ।
लालबन्दी नगरपालिकाको मिलेमतोमा सोही नगरपालिका वडा नं. ६ स्थित विष्णुप्रसाद भट्टराईलाई साविकको पत्थरकोट ९ ख कित्ता नं. ९९७ को सार्वजनिक बाटो मिचेर घर बनाउका लागि सहमति दिएको बुझिएको छ । यस विषयमा नगरपालिकाका मेयर बासुदेव अधिकारीले सो विषयमा विष्णुप्रसाद भट्टराईको दाजुभाई बीचमा विवाद भएपनि सार्वजनिक बाटो भए/नभएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
एक स्थानीयबासीले भने कित्ता नंं. ९९७ सार्वजनिक बाटो भएको जानकारी भएपनि मेयरले झुठ बोलेको बताए । उनी भन्छन्, ‘यो जग्गा सार्वजनिक हो, हामी सबैलाई थाहा छ, मेयरलाई थाहा नहुने कुरै छैन ।’ उनले नगरपालिकाको नियतमाथि शंका उत्पन्न भएको बताए । त्यसो त, सार्वजनिक बाटो मिचेर घर बनाउने अनुमति भने पूर्वमेयर मानबहादुर खड्काले दिएका थिए । खड्काले नगर कार्यपालिकाको बैठकको निर्णयबाटै सो सार्वजनिक जग्गामाथि घर बनाउन सहमति दिएका थिए । राजनीतिक पहुँचका आधारमा सार्वजनिक बाटो मिचेर घर बनाएका विष्णु प्रसाद भट्टराईले अहिले आएर आफ्नो निजी जग्गालाई बाटो बनाउन दबाब दिएको सुसन भट्टराईले बताए ।
उनले भने, ‘सार्वजनिक बाटोमा घर बनाउने र घर बनाउन अनुमति दिने नगरपालिकाको कार्य निन्दनीय छ, ममाथि अन्याय भएको छ ।’ सुसन भट्टराईको नाममा रहेको निजी जग्गा कित्ता नं. २१२२ मा बाटो बनाउनका लागि नगरपालिकाले पटक पटक बजेट समेत विनियोजन गर्दै आएको भट्टराईको आरोप छ । भट्टराईले नगरपालिकाका ओभरसियर रोसन पण्डित, विबेक भट्टराई तथा ईन्जिनियर अभिषेक साहले आर्थिक लेनदेनमा आफ्नो पदीय अधिकारको दुरुपयोग गरि सार्वजनिक जग्गाको दुरुपयोग गरेको समेत आरोप लगाए ।
उनले भने, ‘सार्वजनिक जग्गा हो भन्ने जान्दाजाँदै पनि ओभरसियर र इन्जिनियरहरुले घर बनाउन सहमति दिनु आर्थिक प्रलोभन नै हो यस विषयमा अख्तियारले गम्भीर ध्यानकेन्द्रित गर्नुपर्दछ ।’ नगरपालिकाका ओभरसियर विवेक भट्टराईले नगर कार्यपालिकाको बैठकले गरेको निर्णय कार्यान्वयन गरेको बताए । उनले कित्ता नं. ९९७ सार्वजनिक जग्गा नभएको जिकिर गरे । नापी कार्यालय लालबन्दीले भने विष्णु प्रसाद भट्टराईले अतिक्रमण गरेको किता नंं. ९९७ सार्वजनिक जग्गा नै भएको जनाएको छ ।
झेल गर्ने खेल
विष्णुप्रसाद भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएपछि मिति २०७९/६/२७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरी मापदण्ड विपरित बनाइएको नयाँ भवनलाई किर्ते कागज बनाएर पुरानो भन्दै अभिलेखीकरणमार्फत बैधानिकता दिएको विषयमा छानविन् होस् भन्दै एक उजुरी परेको थियो ।
सो उजुरीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रियालाई अगाडि बढाउने तयारी गरिरहँदा नगरपालिकाककै मिलेमतोमा नयाँ भवनलाई किर्ते कागज बनाई पुरानो भवनको रुपमा अभिलेखीकरण गरिएको बुझिएको छ । त्यसो त, विष्णुप्रसाद भट्टराईले बनाएको उक्त भवनको नक्सा समेत पास भईसकेको बुझिएको छ ।
यससँगै लालबन्दी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेका भट्टराईलाई जोगाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–७ को ब्यबस्था तथा भवन निर्माण मापदण्ड बिपरित उद्दत रहेको देखिएको छ । नगरपालिकाले नै अख्तियारको कारबाहीलाई फितलो बनाउने प्रयास गर्नुले के नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकै मिलेमतो त हैन ? भन्ने आशंका गर्ने प्रशस्त आधारहरु खडा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार