देशले खोजेको भरोसायुक्त नेतृत्वका लागि कांग्रेसले अब कोइरालालाई अघि सार्नुपर्छ
यज्ञप्रसाद भट्टराई
मंसिर १५, २०७९ बिहिबार १७:३६:२०
देशको राजनीति यतिबेला धमिलिएको छ । यही बेला हो, वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट भएका प्रतिक्रियावादीहरुले टाउको उठाउने र राज्य तथा राजनीतिक संयन्त्रमाथि प्रहार गर्ने । संसदीय विधि र विधान अनुसार भर्खरै आम चुनाव सम्पन्न भएको छ । नतिजाहरु आउँदैछन् । आएका परिणामले कुनैपनि राजनीतिक दललाई एक्लै अगाडि बढ्ने अनुमति दिएन् । जनमतले दललाई मिलेर जान सन्देश दिएको छ । यतिबेला को-को सँग मिल्ने र नमिल्ने भन्ने तर्कहरु आइरहेका छन् । कुनै एक नेता वा दलले राज्यका सबै संयन्त्रहरुलाई सम्हालेर रितिथिती बसाउँछु भन्न सम्भव छैन् । यसर्थ राज्य र राजनीतिक संयन्त्रहरु संकटमा छन् ।
जबजब राज्य र यसका संयन्त्रहरुमा संकट आउँछ । तबतब नेपाली कांग्रेस नै अगाडि आउनुपर्छ । इतिहास यही भन्छ । अहिले पनि यो संकटलाई पार लगाउने मूल अभिभारा कांग्रेसकै काँधमा आएको छ । चुनवामा कांग्रेस नेतृत्वमा सत्ता गठबन्धन मिलेर गएका हुन् । विपक्षी एमालेको पनि गठबन्धन नै थियो । तर, दुवै गठबन्धनले सरकार बनाउने स्पष्ट मत पाएका छैनन् । चुनावाको अन्तिम परिणामसम्म पुग्दा कांग्रेस नेतृत्वको गठबन्धनले नै सरकार बनाउनेदेखि अरु कार्य विभाजनमा पनि सहमति खोज्नुपर्ने अवस्था छ । यो जटिल परिस्थितिमा देशले नेतृत्व पनि कांग्रेसभित्रबाटै खोजिरहेको छ । देश सुहाउँदो र भरोसायुक्त नेतृत्व ।
राजनीतिका यस्तै कालखण्डले बेलाबेलामा सक्षम र महान ब्यक्तिहरुलाई नेतृत्वमा पुर्याउने गरेको इतिहास छ । भीमशेन थापादेखि शुशिल कोइरासम्मका राजनीतिक कालखण्डमा देखिएका देशप्रति माया र देश बिकासको ध्येय बोकेका नेताहरुले आफ्नो कार्यकालमा गरेका राम्रा र अविश्मरणीय कार्यहरुको छाप छोडेर गएका छन् । प्रजातन्त्र प्राप्ति अघि र प्रजातन्त्रको प्राप्तिपछि देश र जनताले अत्यन्तै धेरै माया गर्ने केही नेताहरु राज्य सञ्चालनको उपल्लो तहमा बसेर देश र जनताले स्मरण गर्ने गरी राम्रा काम गरेर पनि गएका छन् ।
कोही नेतृत्व तहमा नबसे पनि अत्यन्त चर्चित र जनप्रिय भएर गए । वर्तमानमा पनि यस्तै क्रियाशील सक्षम नेताहरु बाँकी नै छन् । जसले तिनै जनप्रिय नेताहरुकै पदचापलाई राजनीतिक आदर्श मानेर नेपाली जनताको हित र देश बिकासमा लगाउने अठोट पनि गरिरहेका छन् । यसकारण नेपाली कांग्रेसको नेतृत्वले अहिलेसम्म जे गरे राम्रै गरेका छन् । संघर्षबाटै उनीहरु पनि नेतृत्वमा आएका हुन् । उनीहरुले गर्नसक्ने कार्य गरेको छन् । अब शारीरिक रुपमा सामथ्र्य सकिँदै गएको छ । नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने समय आएको छ ।
नेपाली कांग्रेसभित्र अहिलेको कठिन परिस्थितिलाई पार लगाउन सक्ने क्षमतावान नेताहरुको कमी छैन् । अहिले सरकारको नेतृत्वकै लागि पनि आधा दर्जन नेताहरु प्रतिस्पर्धामा छन् । सवै योग्य छन् । तर, अहिलेको नेतृत्वले योग्यबाट पनि योग्लाई छानेर जिम्मेवारी दिनुपर्छ । वर्तमान समसयबाट देशलाई पार लगाउन पार्टी सभापति पछिको योग्य नेताको रुपमा अहिले डा. शेखर कोइराला देखिएका छन् । उनलाई अब पार्टी नेतृत्वले जिम्मेवारी दिने समय आएको छ । देशलाई कांग्रेस र कांग्रेसलाई पक्षविपक्ष मिलाउने, देश र परदेशले पनि पत्याउने योग्य नेतृत्व चाहिएको छ । आउँदै गरेको सम्भावनालाई भइरहेको नेतृत्वले नै अगाडि बढाउने हो र बढाउनु पनि पर्छ ।
इतिहास हामी सबैका अगाडी साक्षी छ । तत्कालिन एमालेको नौ सरकारका प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई सरकारबाट हटाउने रणनीति गिरिजाप्रसाद कोइराललाले बनाइरहँदा शेरबहादुर देउवाले संसदीय दलको नेता भएर प्रधानमन्त्री बन्छु भन्ने कल्पना पनि गरेका थिएनन् । तर, छोटो समयको अन्तरालमै गिरिजाले देउवालाई संसदीय दलको नेतामा उभ्याएर प्रधानमन्त्री बनाए । गिरिजाले नचाहेको भए देउवालाई त्यति सहजै प्रधानमन्त्री बन्ने मौका आउने थिएन् । नेता स्वभाविक रुपले समय र परिस्थितिबाट जन्मन्छ । तर, त्यसलाई नेतृत्वले बाटा लगाउनुपर्छ । अहिले डा. कोइरालाका हकमा पनि यही आवश्यक छ ।
राजनीति आफैमा खराव शब्द होइन । राजनीतिक दर्शन आफैमा गलत बिषयबस्तु होइन् । जुनसुकै राजनीतिक ब्यवस्थाले जनतामा कहिल्यै पनि फरक ब्यवहार गर्न सिकाउँदैन । राजनीतिक दर्शन र शिद्धान्त आफैमा सकारात्मक र नकारात्मक हुदैन । नेतृत्व तहमा पुगेका ब्यक्तिहरुको मनोबृत्ति जस्तो हुन्छ देशको राजनीति त्यतैतिर बटारिन पुग्छ । जनतालाई केन्द्रमा राखेर गरिने राजनीतिले देश बिकासको मार्गदिशा खोल्छ भने कार्यकर्ताहरुलाई केन्द्रमा राखेर गरिने राजनीतिले ब्यक्ति बिशेषको मात्रै उन्नति हुन्छ भन्ने कुरा हाम्रो देशको बिगतदेखि बर्तमानसम्मको राजनीतिक ब्यवहारले देखाइसकेको छ ।
बिगत ३० बर्षमा देशले केही थान देशप्रेमी नेताहरु पाए पनि अधिकांश ब्यक्तिवादी र कार्यकर्तावादी नेता पाएका कारण अलोकप्रिय र बदनामसमेत भएका छन् । आफु पदमा रहदा लुटिएको राज्यकोषको अरबौ रुपैयाँका बलमा अन्य दलका नेता तथा कार्यकर्तादेखि मतदाताहरुसम्म किन्ने, प्रलोभनमा पार्ने र पुनः शक्ति हात पार्ने ध्याउन्नमा लागेका कारण पटक पटक देशको नेतृत्व संम्हाली सकेका नेताहरु नै अहिले सबैभन्दा बढी दुर्गन्धित बनिरहेका देखिन्छन् मात्र हैन तिनै नेताहरुलाई उदाहरण देखाउँदै देशमा नयाँ नयाँ राजनीतिक शक्तिहरु पनि उदाईसकेका छन् ।
नेतृत्वको गलत आचरण र गलत कार्यशैलीका कारण जनताले पुराना राजनीतिक दलहरुलाई बिस्तारै विश्वास गर्न छाडने संकेत यसपटकको संघीय र प्रदेशसभाको निर्वाचनले देखाइसकेको छ । यसलाई पुनः जनताको विश्वास नेपाली कांग्रेसतर्फ आकर्षित गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बिगतदेखि नै क्रियाशील भएको देखिन्छन् । विश्वास र भरोसायोग्य ब्यक्ति यदि नेतृत्वमा रहिदियो भने जनतालाई आश्रय लाग्ने छहारी प्राप्त हुने कुरा डा. शेखर प्रतिको नेपाली जनताको निरन्तरको साथ र समर्थनले देखाउन थालिसकेको छ ।
अब यो देशमा विश्वास र भरोषा गर्न कोहि नेताको आवश्यकता छ । यसका लागि डा. शेखर कोइराला सक्ष छन् भन्ने आभाष नेपाली जनतालाई भैसकेको छ । गलत नेतृत्वका कारण बिकृत बनेको नेपालको लोकतन्त्र र लोकतन्त्रका मुल्य मान्यता माथिको निरन्तरको प्रहारलाई जोगाउन पनि अब डा। शेखर कोईरालाले संसदमा दर्बिलो आवाज उठाउनु पर्छ भन्ने आम नेपाली नागरिकहरुको आवाज रहेको छ ।
डा. शेखर मात्रै त्यस्ता ब्यक्ति हुन जसले ट्रयाक छोडेको नेपालको राजनीतिलाई सहि बाटोमा फर्काउन सक्छन् । बिगतदेखि वर्तमानसम्म नेपाली कांग्रेसले भोग्नु परेका र भोगिरहेका पर्दा अगाडि र पर्दा पछाडिका घात प्रतिघातहरुलाई परास्त पार्दै सिंगो नेपाली कांग्रेस बनाएर लैजान सक्ने भनेर आम कांग्रेस बृत्तले अत्यधिक रुचाईएका नेता डा. शेखर कोईरालाले अबको देश र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरामा दुइमत छैन ।
कांग्रेस रहे मात्र हामीले कांग्रेसी हुन पाइने हो । लोकतन्त्र रहे मात्र हामीले जिन्दावाद र मुर्दावादका नारा लगाउन पाइने हो । वाक स्वतन्त्रता रहे मात्र हामीले आफुलाई मनमा लागेका कुरा लेख्न र अभिब्यक्त गर्न पाइने हो । तर, अहिले यो लोकतान्त्रिक ब्यवस्था माथि बिभिन्न तह र क्षेत्रबाट निर्मम प्रहार भैरहेको छ । यस कुरालाई नेपाली कांग्रेसले बेलैमा बुझ्न नसक्ने हो र सतही पपुलारिटिका आधारमा वाहवाह गर्दै हिडने हो भने अनि कसैले उक्साई दिएको भरमा नेतृत्व तहमाथि धावा बोल्दै हिडने हो भने यहाँ आफुलाई युवा नेता भन्ने देखि बाल नेता भन्ने सम्मको राजनीतिक भविष्य संकटमा पर्न सक्नेतर्फ अहिल्यै विचार पुर्याउन जरुरी छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार