गाडी आयात खुलाउन अटो व्यवसायीद्वारा आन्दोलन घोषणा
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २२:४७:२८
१६ मंसिर, काठमाडौं । गाडी आयात खुलाउन माग गर्दै अटो व्यवसायीद्वारा आन्दोलन घोषणा गरिएको छ । व्यवसायीहरुले शतप्रतिशत नगद मार्जिन खारेज गर्नुपर्ने माग पनि अगाडि सारेका छ ।
राष्ट्र बैंकको नीतिका कारण व्यवसायीहरु चरम समस्यामा परेको जनाउँदै अटोमोबाइल्स व्यवसायीहरुले आज राजधानीमा एक पत्रकार सम्मेलन गरी विरोध कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा गर्नुपर्ने माग उनीहरुको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आफूहरुको अगाडि बाध्यात्मक परिस्थिति आएको बताए । अटो क्षेत्रले राज्यलाई २१ प्रतिशत राजस्व योगदान गरिरहेको बताउँदै उनले सरकारले अटोमोबाइल्सलाई प्राथमिकतामा नराखेको गुनासो गरे ।
गाडीमा ५० र पार्टपूर्जामा १०० प्रतिशत नगद मार्जिन राख्नु अन्या भएको बताए । व्यवसाय चौपट भएकै कारण १ लाख रोजगारीमध्ये ३० प्रतिशत कटौती भएको उनको भनाइ थियो । व्यवसायीहरुले पत्रकार सम्मेलनमै प्लेकार्ड बोकेर विरोध शुरु गरेका छन् ।
उनीहरुले यही ुमंसिर २२ गतेका लागि एक हप्ते विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । जसअनुसार २२ गते बिहान ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए । हालसम्म देशभर व्यापार नभएका कारण ५८ वटा डिलर बन्द भएको कार्यक्रममा जानकारी दिइयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार