सशस्त्र तीन एसपीलाई मूख्यालय तानियो
नेपालबहस संवाददाता
मंसिर १७, २०७९ आइतबार १:५६:५१
१७ मंसिर, काठमाडौं । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल ‘एपीएफ’ले बारा पर्सा र नवलपरासीका तीन जना उपरीक्षक ‘एसपी’लाई मूख्यालय तानेको छ । नेपाल– भारत सीमा क्षेत्रबाट निर्वाचन अघि र निर्वाचनपछि नियमित रुपमा तस्करी गर्न सहयोग गरेको आरोपमा उनीहरुलाई छानवीनका लागि मूख्यालय तानेको स्रोतको दावी छ ।
यसरी तानिनेमा सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख ‘गणपति’ राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री छन् । उनीहरु मध्ये पोखरेलचाहि आफै सरुवा मागेर आएको बताइएको छ ।
बाराका बोर्डर आउट पोस्ट ‘बीओपी’ इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले बाराका एसपीलाई फिर्ता बोलाएको हो ।
सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । ‘ थापा र क्षेत्रीलाई काठमाडौ बोलाइएको छ तर पोखरेलचाहि आफैले सरुवा मागेको बुझिएको छ’, मूख्यालय स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार