ऋणमा चरम व्याज वृद्धि हुँदा होटल व्यवसाय नै धरासायी
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १८:४१:४४
♦ मोहम्मद हबिब
१८ मंसिर, भैरहवा । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन ।
होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य बनाएको व्यवसाय विस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रुपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
राज्यले रात्रकिालीन बजारको घोषणा भए पनि कार्यान्वयनका लागि प्रशासनमा निवेदन दिनुपर्ने लगायतका प्रक्रिया अझै पनि कायम रहेकोले पर्यटन व्यवसायीलाई निर्वाध रात्रीकालीन व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्याज वृद्धिको विषयमा महासंघले निरन्तर लागेको छ। व्याजको विषयमा सम्बोधन नभए जिल्ला जिल्लाबाट नेतृत्वले व्याजदर घटाउन दबाबमुलक केन्द्रीय कार्यक्रम गर्ने उनले बताए ।
रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिवी र बुद्ध सर्किट, स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाकासमेत रहेकोले होटल तथा पर्यटन व्यवसायको भविष्य उज्जवल छ, थुप्रै सम्भावनाहरु रहेको त्यसलाई उजागर गर्नुपर्ने बताए ।
राज्यको चार खम्बे अर्थनीतिअनुसार पर्यटन क्षेत्रको विकास आर्थिक समृद्धिको प्रमुख आधार भए पनि अस्पष्ट राज्य नीति र अर्थनीतिका कारण व्यवसाय वृद्धिका लागि लिइएका ऋणमा चरम व्याज वृद्धि हुँदा व्यवसाय नै धरासायी भई बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।
होटल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, सिद्धार्थ होटल एसोसियसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशव ज्ञवाली लगायतले पर्यटन व्यवसायीको हाम्रो मुख्य स्रोत नै भारतीय पर्यटक रहेको सहज रुपमा पर्यटन आउने वातावरणको सृजना गर्नुपर्ने, भन्सार, प्रशासन र दलालहरुले पर्यटकलाई सीमामा दिएको अनाहकको सास्ती हटाउनु पर्ने, सरकारबाट प्रचार प्रसार व्यापक रुपमा गर्नुपर्ने, घरबहाल कर र व्यवसाय करमा छुट दिनुपर्ने व्यवस्था गर्नु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार