गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवामा अब नेपाल पे क्यूआरमा
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १९:५०:२५
१८ मंसिर, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले गरिमा डिजिटल बटुव एपको प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमारहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआर मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपाल पे क्यूआर स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट गरिमा डिजिटल बटुवा अथवा नेपाल पे क्यूआरमा आबद्धअन्य मोबाईल बैङ्किक एप वा वालेट एप मार्फतसिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।
यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्किकमा नेपाल पे क्यूआर जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार