अब देउवा र कोइरालाबीच सुमधुर सम्बन्ध स्थापित हुन आवश्यक छ
यज्ञप्रसाद भट्टराई
मंसिर १९, २०७९ सोमबार १९:३३:४
मुलुक बिस्तारै नयाँ सरकार निर्माण गर्ने पक्रियामा अगाडि बढन थालेको छ । लामो समयपछि नेपाली कांग्रेस फेरी एकपटक संसदमा सबैभन्दा ठूलो दल बन्ने भएको छ । मुलुकमा कम्युनिष्टहरुको बिगबिगी रहेको वर्तमान अवस्थामा पनि नेपाली कांग्रेसप्रति नेपाली जनताले देखाएको सदासयता र गरेको बिश्वासलाई अब पनि नेपाली कांग्रेसले अवमुल्यन गर्ने कुचेष्टा गर्यो भने त्यो नेपाली कांग्रेसका लागि आत्मघाती कदम हुनेछ ।
बिश्व बजारमा बिक्रि हुन छाडिसकेको कम्युनिष्ट नामको ब्यापार नेपालमा भने अझै पनि फस्टाई रहेको देखिन्छ । यसको मुख्य कारण गरिवी र अशिक्षा नै हो भन्ने कुरा नेपाली कांग्रेसले नबुझ्दासम्म र देश र जनताको भलाई गर्ने काम नेपाली कांग्रेसले नगर्दासम्म नेपालमा कम्युनिष्टहरुको बिउ मासिने सम्भावना पनि देखिँदैन । कांग्रेसको अर्को नाम बिकास हो भन्ने नारा व्यवहारमा चरितार्थ नहुञ्जेलसम्म विश्वेश्वरप्रसाद कोइरालाले देखेको समाजबादको सपना पनि पुरा हँुदैन ।
देश विकास हुन बलिया पाखुरा भएका खोरिया फाँड्न सक्ने, ढुंगा बोक्न सक्ने मजदुर नै हुनुपर्छ भन्ने जरुरी छैन, जुँघाका रेखी मात्रै बसेका केबल चर्को स्वरमा कराउन सक्नेहरुलाई मात्रै युवा नेता पनि मानिदैन, यसका लागि देश र जनताप्रति अशल सोच, बिचार र कार्यक्रम भएको महापुरुषको आवश्यकता पर्दछ । असल योजना बनाउनु पनि देश विकासको पथमा अग्रसर हुन थालेको एउटा दर्बिलो उदाहरण हो ।
बिगत बर्षहरुमा नेपाली कांग्रेस सरकारमा रहँदा देश र जनताका भलाइका खातिर बनाइएका योजना, आयोजनाहरु किन समयमा पुरा हुन सकेनन ? यसका लागि अब तत्काल हामीले यस बिषयमा अध्ययन गर्ने टोली बनाउन जरुरी छ । यसका लागि सरकारमा अत्यन्तै इमान्दार र दृढशंकल्प भएको ब्यक्तिहरु जान जरुरी छ ।
विकास जादूको छडिजस्तो आजको भोली हुने कुरा होइन् । यसका लागि नीतिगत रुपमा पुरा गर्नुपर्ने कानूनी प्रक्रियाहरु ह्ुन सक्छन् तर हिजो यीनै झण्झटिला कानूनी प्रक्रियाका कारण समयमा आयोजना तथा परियोजनाहरु पुरा हुन नसक्दा अहिले जनताहरु दलहरुप्रति आक्रोसित मात्रै बनेका छैनन उनीहरुकाबिरुद्धमा स्वतन्त्र र नयाँ राजनीतिक दलहरुलाइसमेत संसदमा जिताएर पठाइसकेका छन् । यसले अबका दिनमा सरकारमा जाने दल, त्यसको नेतृत्व गर्ने ब्यक्ति र जनतालाई आश्वस्त पार्न सक्ने खुबी सबै कुराको हेक्का राख्न सक्ने दूरदर्शी नेता चाहिएको छ ।
अहिले देशमा शिक्षामा ब्यापार छ । स्वास्थ्यमा ब्यापार छ । रोजगारीमा ब्यापार छ । बैदेशिक रोजगारमा जान बाध्य मजदुरका नाममा ब्यापार छ । जनताले पिउने पानीमा ब्यापार छ । जनताले उपभोग गर्ने हरबस्तुमा बिचौलियाहरुको बिगबिगी छ । यी यावत कुराहरुलाई अबका दिनमा सहजताका साथ न्यूनिकरण गर्दै लान नसक्ने हो भने जो र जसले देश र सरकारको नेतृत्व गरे पनि केहि हुनेवाला छैन । त्यसैले अब बन्ने सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, र बिस्तारै सम्बोधन गर्नुपर्ने कामहरुका कार्यसूची बनाएर मात्रै सरकारको बागडोर सम्हाल्न जरुरी छ ।
अहिले नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवार बन्नेहरुको ताँती लागेको देखिन्छ । आफुलाई संसदीय ब्यवस्थाको पर्याय भन्न रुचाउने नेपाली कांग्रेसमा किन र कसरी यसरी ह्वात्तै प्रधानमन्त्रीका दाबेदारहरु अगाडि आए ? कि आफुलाई भाबी प्रधानमन्त्रीको उम्मेदवार हुँ भनेपछि निक्कै ठूलो नेता भएको अनुभूति हुने भएका कारणले हो या पार्टीको बिधि र बिधानलाई चुनौति दिँदा चर्चित होइन्छ भन्नका लागि हो ? ।
यो त नेपाली कांग्रेसले पार्टी भित्र आन्तरिक रुपमा छलफल गर्ला नै तर प्रधानमन्त्री बन्नका लागि निर्वाचन सम्पन्न भएर, राष्ट्रपतिले संसद अबिधेशनको आहवान गरिसकेपछि, जनताबाट संसदको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले शपथ ग्रहण गरिसकेपछि बल्ल संसदीय दलको कार्यालय स्थापना हुनु पर्ने हो । उक्त संसदीय दलले आफ्नो संसदीय दलको नेता निर्वाचित गरि सकेपछि मात्रै अन्य दलहरुको समीकरणमा या समर्थनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु पर्ने हो ।
अहिले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइराला भने कुनै सार्वजनिक समारोहहरुमा सरकार र नेतृत्वका बारेमा मौन रहेका देखिन्छन् । पार्टी र भावी सरकारलाई समस्या पर्ने कुनै अभिब्यक्तिहरु दिएका छैनन् । यसलाई नेतृत्वको सक्षमता र दुरदर्शिता मान्न सकिन्छ । बिगतमा नेपाली कांग्रेसमा आन्तरिक कलहका कारण भोग्नु परेका समस्याहरुलाई नजिकबाट बुझेका दुबै नेताहरु अहिले नजिक भएका समाचारहरु पनि सञ्चार माध्यमहरुमा आइरहेका छन् । यसले भविष्यमा नेपाली कांग्रेसलाई थप बलियो बनाएर लैजान सक्ने कुरामा बिस्वस्त हुन सकिन्छ ।
अहिलेको आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र सुभचिन्तकहरुको पनि एउटै चाहना रहदै आएको छ त्यो के भने अब नेपाली कांग्रेस दुइधारमा हैन एकताबद्ध भएर अगाडि बढोस् । एकले पार्टी र अर्कोले सरकारको नेतृत्व गरोस् । बिगतमा चरम गुटबन्दीले थङ्गथिलो बनेको नेपाली कांग्रेसलाई अब एकताबद्ध बनाएर लैजान यीनै दुई नेताहरुको बलियो एकता आवश्यक भैसकेको छ । भोलिका पुस्तालाई नेपाली कांग्रेस नामको पार्टी जीवित रुपमा हस्तान्तरण गर्न पनि आज सभापति र बरिष्ठ नेता बिच कार्यगत एकता हुन जरुरी छ ।
यसका लागि सरकार निर्माणमा सहभागि हुने दलहरुसँग पनि आन्तरिक छलफल हुनेछ र नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने अवस्था आएमा बरिष्ठ नेता डा. शेखर कोइरालाको नेतृत्वमा अन्य सहयोगी दलहरुलाई समेटेर सरकार निर्माण गर्दा जनतामा समेत सकारात्मक शन्देस जाने कांग्रेसका बौद्धिक सर्कलमा अहिले चर्चा परिचर्चा हुने गरेको छ ।
आफुलाई नेतृत्व तहमा स्थापित गराइसकेका युवा नेताहरुलाई सरकारमा सामेल गराउँदै भबिष्यमा पार्टी र सरकार हाँक्न सक्ने भरोसायुक्त नेतृत्व निर्माण गर्नु अब यी दुई नेताको जिम्मेबारी पनि हो । आफु फुटेर अरुलाई अवसर दिने बिगतको नेकपाको झै हर्कत अब नेपाली कांग्रेसले किमार्थ पनि गर्नु हुदैन् । यसका लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता डा. शेखर कोइराला बिच सुमधुर सम्बन्ध स्थापित हुन अब अति आवश्यक भएसकेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपआखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार