प्रतिनिधिसभा र प्रदेशसभामा विजयी १७ स्वतन्त्र उम्मेदवारहरु काे-काे हुन् ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १८:४७:१
१९ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार वजियी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आयोगका अनुसार प्रदेशसभातर्फ सबैभन्दा बढी मधेस प्रदेशमा छन् । मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । कर्णाली र सुदूरपश्चिममा पनि १/१ जना निर्वाचित भएका छन् ।
प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्रकुमार मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् ।
प्रभु साह एमालेबाट विद्रोह गरी चापाकल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका थिए । उनीसँगै उनकै प्रदेशसभातर्फ एउटामा उनकै योजनामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेमा रहँदा साहले मधेस प्रदेशभर नै जसपासँग तालमेल नगरी एमाले एक्लैले जित्ने स्थानमा टिकट दिनुपर्ने अडान राखेका थिए । तर अध्यक्ष केपी ओलीकाे कानमा बतास लागेन । र, जसपासँग तालमेल भएकाे भन्दै साहले भनेजसरी मान्न तयार भएनन् । अन्ततः एमालेकै सिट संख्यामा क्षति पुग्याे ।
मण्डलको क्षेत्र मोरङ ५ मा माओवादी केन्द्रले टिकट नदिएर कांग्रेसलाई छाडिदिएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएका थिए । सर्लाही ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार उठेर विजयी भए ।
यसैगरी प्रदेशसभा सदस्यतर्फ मधेस प्रदेशसभामा अनिरुद्धकुमार सिंह, सुरिता कुमारी साह, जवाहरलाल कुशवाहा, केशव राय, शारदाशंकर प्रसाद कलवार र प्रमोदकुमार जयसवाल निर्वाचित भएका छन् ।
यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्रकुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । कर्णाली प्रदेशसभामा देवेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार